• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उद्योगीको माग– धेरै स्थानीय कर तिर्न सक्दैनौं

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार १३:१३
  • २७०९

    विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायीले स्थानीय करको विषयमा ‘वान विन्डो ट्याक्सेसन’ को अवधारणा ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । स्थानीय करलाई तिर्ने दायित्वका रूपमा लिए पनि कर निर्धारण गर्ने निकायहरूले आकारमा भने ध्यान पुर्‍याउनुपर्ने व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा विराटनगरमा आयोजित स्थानीय करसम्बन्धी छलफलका सहभागीले कर बुझाउन सहजीकरण गर्न एकद्वार अवधारणा आवश्यक रहेकामा जोड दिएका छन् ।

    मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने, “उद्योगहरू जीवन्त रहे कर, बैंक ब्याज सबै तिर्न सकिन्छ तर हालको अवस्थामा दुई–चार क्षेत्रबाहेक प्रायः सबै क्षेत्रका उद्योग–व्यवसाय नराम्ररी प्रभावित भएका छन् । आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा स्थानीय करको भार बहन कतिले गर्न सक्छन् भन्ने तय छैन ।” सचिव अनिल शारडाले संघ र उद्योग संगठन मोरङका तर्फबाट तयार पारिएको स्थानीय करका विद्यमान अवस्था र त्यसप्रति उद्योगी–व्यवसायीहरूको मागसहितको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

    स्थानीय तहले सम्पत्ति करअन्तर्गत उद्योग प्रतिष्ठानका नाममा रहेका खाली जग्गामा लाग्ने करको दरलाई खेती जग्गा सरह निर्धारण गर्नुपर्ने, कर भुक्तानी गर्न ढिलाइ हुँदा जरिवाना, अतिरिक्त शुल्क आदिका अलावा प्रतिष्ठानका आधारभूत हकसमेत कटौती गर्ने परिपाटीको अन्त्य हुनुपर्ने एवं विगतमा घरजग्गा ऐन २०१९ मा व्यवस्था गरिएअनुरुप उद्योगहरूले चर्चेका जग्गामा कर लगाउन नहुने माग अवधारणा पत्रमा समेटिएका छन् ।

    व्यवसायिक करका सम्बन्धमा स्थानीय तहले संघीय सरकारद्वारा निर्दिष्ट उद्योगहरूको वर्गीकरणलाई अवलम्बन गर्नुपर्ने, स्थानीय तहैपिच्छे कायम रहेका भिन्दाभिन्दै करको दरलाई एकरुपता दिइनु पर्ने, उद्योगहरूकालागि मनोमानी तवरले निर्धारित लाखौँ रुपैयाँ बराबरको कर रकमलाई ५ हजारदेखि ५० हजार रुपैयाँका बीचमा निर्धारण गर्नुपर्ने व्यवसायीले माग गरेका छन् ।

    कवाडी कर असुल गर्दा वस्तुको आधारमा बिल बिजक रकमको बढीमा १ देखि २ प्रतिशत रकम असुल गर्नुपर्ने, उद्योगहरूको हकमा नक्सा पास शुल्कमा ५० प्रतिशत छुट दिइनुपर्ने, स्थानीयस्तरमा केही स्थानमा ढाट लगाई सवारीसाधनहरूबाट शुल्क असुल्ने परिपाटीको अन्त्य गरिनुपर्ने मागहरू राखिएको छ । सचिव शारडाले आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै स्थानीय तहद्वारा निर्धारित कर तथा शुल्कहरूको विवरण संकलन गरी तुलनात्मक विश्लेषण गरी सम्बन्धित निकायलाई उचित मार्ग निर्दिष्ट गर्नसमेत आग्रह गरे ।

    संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले प्रदेश १ लाई मुलुककै सर्वोत्कृष्ट प्रदेशका रूपमा विकास गर्ने नीतिहरू ल्याउनुपर्ने सुझाव दिँदै भने, “उद्योगहरूको अस्तित्व जोगाइ प्रदेशका प्रत्येक व्यक्तिको रोजगारी सुनिश्चित गर्नुपर्छ ।” उनले कोभिड १९ का कारण झन्डै ३ महिनादेखि बन्द रहेका उद्योग–व्यवसायका लागि कर तथा शुल्कहरूमा यथाशक्य छुट दिनुपर्ने माग गरे । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रले सहकार्य गरी वैज्ञानिक तवरले कर निर्धारण गरी अघि बढ्नु पर्ने माग गरे । भने, “बन्दाबन्दीको प्रभावले सर्वसाधारणमा खाद्यान्न अभाव हुन नदिन हामीले पनि संस्थागत रूपमा स्थानीय तहलाई खाद्यान्न सहयोग गरिरहेका छौं ।”

    कार्यक्रममा बूढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगली नगरपालिका र दुहवी नगरपालिकाका नगर प्रमुख तथा प्रशासकीय अधिकृतहरूले आ–आफ्नो धारणा राखेका थिए । उद्योगबिना मुलुकको विकासको परिकल्पना गर्न नसकिने भएकाले उद्योग बचाउने प्रयास स्थानीय तहबाट समेत हुने उनीहरूको भनाइ थियो ।

    कार्यक्रममा सहभागी प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी दिनमा कार्यदल बनाएर समानताको आधारमा करमा एकरूपता ल्याउन प्रदेश सरकार र स्थानीय निकायले समन्वय गर्ने बताए । भने, “राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध कायम राखी सबैले आ–आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्य गर्दै जानुपर्छ ।” उनले स्थानीय तहले ढाट राख्ने, त्रासित बनाउने आदि क्रियाकलापहरूको अन्त्य गर्नुपर्ने भन्दै कमजोरी देखिए अन्तर स्थानीय निकाय र प्रदेशबीच कर लाग्ने व्यवस्था सच्याउन सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑