वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक बर्ष २०७७र०७८ को निति तथा कार्यक्रम तय गरेको छ । गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वधार बिकासलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक बर्ष २०७७र०७८ को निति तथा कार्यक्रम तय गरेको प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी गराए ।
गाउँ सभाको निति तथा कार्यक्रममा भौतिक सडक पूर्वधारलाई प्राथमिकतामा राख्दै पूर्वधार विकासमा जोड दिने, कक्षा ८ देखी माथीका छात्ररछात्राहरुलाई साइकल वितरण गर्ने, जेहन्दार विद्यार्थी र राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने, ५० शैयाको अस्पताल निर्माणको लागि पहल गर्ने, स्वास्थ्य संस्थाहरुको सुदृढ गर्दै राम्रो सेवा प्रवाह गर्ने, पर्यटन प्रवर्धनको लागि मठ, मन्दिर र महजिदलाई सौन्दर्यकरण गर्ने लगायतको रहेको छ ।
गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको सभामा गाउँपालिकाकी उपाध्यक्ष बिशमिला खातुनले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । सभामा सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्य तथा सम्पूर्ण गाउँ सभा सदस्यहरुको सहभागिता रहेको थियो । असार १० गते सम्म गर्नु पर्ने निति तथा कार्यक्रम तय पर्सामा जगरनथपुर गाउँपालिका पहिलो भएको छ ।