सिओल । दक्षिण कोरियामा नोभेल कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै फेरि प्रतिबन्धहरु कडा गरिएका छन् । दक्षिण कोरियाको पाँचौं ठूलो सहर दाइज्योङमा सामाजिक दूरी अपनाउनुपर्नेसहितक प्रतिबन्धहरु कडा गरिएका हुन् । कोरोना भाइरस क्लस्टर बढ्दै गएपछि यस्तो निर्णय गरिएको बताइएको थियो ।
दक्षिण कोरियामा पछिल्लो चौबीस घण्टामा १७ जना नयाँ संक्रमित भेटिएको बताइएको छ । जसमध्ये ६ जना विदेशबाट आएको र अन्य ११ जनामा समुदाय संक्रमण भएको पाइएको छ ।राजधानी सिओलबाट ५० माइलको दूरीमा रहेको दोज्याङमा संक्रमण बढेपछि राजधानीमासमेत सतर्कता बढाइएको छ । मानिसहरुलाई सामूहिक भेलामासमेत प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ४३८ पुगेको छ भने २८० जनाको मृत्यु भएको छ । –बीबीसी