• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारको क्वारेन्टाइन मापदण्ड कागजमा सीमित, बिरामीको बिजोग

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार ०८:१०
  • ३४३७

    काठमाडौं | कोरोना (कोभिड-१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि बनाइएका अधिकांश क्वारेन्टाइनहरू बस्न लायक नै नरहेको र सरकारले तोकेका आधारभूत मापदण्ड समेत पुरा नगरेको पाइएको छ।  क्वारेन्टाइन र आइसोलसनमा बस्दा उल्टै ज्यान जाने जोखिम बढेपछि त्यहाँबाट मानिसहरू भाग्न थालेका छन्‌। अधिकांश स्थानमा विद्यालयलाई क्वारेन्टाइन र आइसोलेसनस्थल बनाइएको छ। तर आवश्यक पूर्वाधार र मापदण्ड कायम गरिएको छैन।

    यस्तो छ मापदण्ड सरकारले बनाएको मापदण्डअनुसार क्‍वारेन्टाइनमा शौचालयसहितको कोठा, त्यो नभएमा प्रतिकोठा अधिकतम ३ जनाका दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको, विद्युत तथा पानीको राम्रो सुविधा भएको हुनुपर्छ। मुख्य गरी कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने भनिएको छ। क्वारेन्टाइनस्थलमा स्वास्थ्य सामग्रीसहित हरेक १०० जनाका लागि एकजना मेडिकल अधिकृत, एकजना स्वास्थ्य परिचारिका, एकजना प्यारामेडिक र ल्याब टेक्निसियन हुनुपर्नेछ।

    चौबीसै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख छ। स्थानीय सरकारलाई सकस कागजमा निकै राम्रो योजना बनाएको सरकारले कार्यान्वयनमा कति हेल्चेक्य्राईं गरिरहेको छ भन्ने बुझ्न अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका क्वारेन्टाइन हेरे पुग्छ। त्यहाँ अहिलेसम्म ७१ जना संक्रमित भेटिएका छन्‌। यो जिल्लामै संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र हो।  यहाँ क्वारेन्टाइन निर्माण गर्न प्रदेशबाट १५ लाख रुपैयाँ आएको, तर यो रकमले क्वारेन्टाइनमा मापदण्डअनुसारकै पूर्वाधार निर्माण गर्नै नसकिएको नगरपालिकाका मेयर रेशम थापाले बताए। प्रदेश र संघीय सरकारले कुनै पनि हिसाबले सहयोग नगरेको थापाको गुनासो छ। ‘विकास बजेट नै निकालेर महामारी नियन्त्रणमा खर्च गरेका छौं, आउँदो बजेटमा समायोजन गर्नुपर्छ,’ थापाले भने, ‘निर्णय गरेर मात्र कोरोना महामारी नियन्त्रण हुँदैन, व्यवस्थापनमा पनि गम्भीर हुन जरुरी छ।’ कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्लामध्ये बर्दिया पनि एक हो।

    जिल्लाको बडियापाल गाउँपालिकामा हाल ४६ जना कोरोना संक्रमित रहेका छन्‌। सो क्षेत्रमा बनाइएका क्वारेन्टाइनमा अहिले २६५ जना रहेको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए। ८ वटा क्वारेन्टाइनमा रहेका १ हजार २५ जना मध्ये अधिकांशलाई आरडिटी गरिएको र आरडिटी नेगेटिभ आउनेलाई घर पठाइएको उनले जानकारी दिए। आरडिटी पोजिटिभ आएकाको पीसीआर परीक्षण गरिएको छ। सरकारले कागजी मापदण्ड बनाउने, तर व्यवहारमा कार्यान्वयन नगर्दा यहाँ पनि व्यवस्थापनमा निकै सकस परेको छ। सुवेदी भन्छन्‌, ‘कागजमा सीमित पार्ने मापदण्ड बनाएर केन्द्र र प्रदेश सरकारले यो संकटको पार लगाउन सक्दैन, विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ, संक्रमित राख्न आवश्यक पूर्वाधार छैन, प्रदेशले आजसम्म १० लाख रुपैयाँ उपलब्ध गराएको छ, स्रोतसाधन अभाव भएपछि अहिले कोषबाट रकम निकालेर काम गरिरहनु परेको छ।’ रौतहटको राजपुर नगरपालिकामा हाल २७४ जना संक्रमित छन्। यो समाचार तयार पार्दासम्म त्यहाँ २५६ जना रिपोर्टको आउन बाँकी छ। राजपुर नगरपालिका स्वास्थ स्वयंसेवक रविन्द्र झाका अनुसार त्यहाँ संक्रमण पुष्टि भएकालाई विभिन्न स्थान रहेका क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ।

    झाका अनुसार राजापुरको आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई प्रतिव्यक्तिलाई तन्ना, डसना, झुल, ब्रस, मञ्जन, सेनिटाइजर उपलब्ध गराइएको छ। हालसम्म क्वारेन्टाइनमा लगभग ३ हजार ४२० जना बसेपनि अहिले रिपोर्ट आउन बाँकी २५६ जना नयाँ १५७ जना रहेका छन्। हालसम्म ८७ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्। नारायण नगरपालिका दैलेख पनि कोरोना संक्रमण उच्च रहेको क्षेत्र हो। हालसम्म भेटिएका संक्रमितमध्ये ३४ जना निको भइसकेका छन्। नगरपालिकाका प्रशासकीय अधिकृत छविलाल विश्वकर्माले नगरपालिकाभित्र २१ वटा क्वारेन्टाइन र ३ वटा स्पेशेफिक आइसोलेसन निर्माण गरेको बताए। कोरोना संक्रमितहरुलाई हाल ५ वटा विद्यालयमा राखिएको छ।

    हरेक ठाउँमा १ जना जनप्रतिनिधि, २ जना सरकारी कर्मचारी, अवस्था हेरेर ३ देखि ६ जनासम्म स्वास्थ्य स्वयंसेवक राखिएको छ। विश्वकर्माले पनि स्थानीय श्रोत र साधनबाट नै काम गरिरहनु परेको छ। विभिन्न विकास बजेटको रकम निकालेर कोरोना संक्रमितहरुको लागी खर्च गरेपनि यो अपुग रहेको बताए। उनले भने, ‘हामीले जति सक्छौं : प्रयास जारी छ, केन्द्र र प्रदेशले यसलाई गम्भीर ढंगले हेर्न जरुरी छ।’ नेपालमा रसुवाबाहेक ७६ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। हालसम्म ९ हजार ५६१ जना संक्रमित भेटिएका छन्‌। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३७१ जनाको परीक्षण भएको छ। आरडिटी विधिबाट २ लाख ६८ हजार १०३ जनाको परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन्। ७ हजार ७८९ जनालाई विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार गरिँदैछ। अहिलेसम्म २ हजार १४२ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन्‌।  नेपालमा तराई र त्यसपछि पहाडका जिल्ला कोरोना संक्रमणबाट बढी प्रभावित छन्‌।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑