वीरगञ्ज । प्रदेश २ मा साेमबार थप १२८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा गरी १ सय २८ जना थप कोरोना संक्रमित फेला परेका छन् ।केन्द्रिय प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सरगरमाथा अस्पताल सप्तरीमा गरिएको पिसिआर परिक्षणको क्रममा आज मात्र प्रदेश नम्बर २ का ६ जिल्लामा १ सय २८ जना कोरोना संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको पिसिआर परिक्षण साेमबार बाटै बन्द भएकाे छ ।पिसिआर किट र आरएनए एक्सट्रेशन किटको अभावमा परिक्षण बन्द भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्याध्यले बताउनु भयो ।स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट प्राप्त १ हजार थान सेन सुल वायोटेक कम्पनिको पिसिआर किटबाट परिक्षणको नतिजा भरपर्दो र सहि नआएपछि परिक्षण स्थगित गर्नुपर्ने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्याध्यले बताउनु भयो ।नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको परिक्षण स्थगित गरिएको सम्बन्धमा मन्त्रालय, विभाग र सम्बन्धित निकायलाई जानकारी गराईएको समेत डा. उपाध्याध्यले बताउनु भयो ।