• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा कोरोना संक्रमणको पाँच महिना पूरा : कसरी भित्रियो, कसरी फैलियो ?

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार ०६:५३
  • ३८०९

    वीरगंज । नेपालमा कोरोना संक्रमणको पाँच महिना पूरा भएको छ । दिन गन्तीको हिसाबमा सोमबारसम्म एक सय ५१ दिन पूरा भएको छ । लकडाउन भएकै ९१ दिन पूरा भएको छ ।यो अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ । यीमध्ये २३ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय ४२ संक्रमित निको भएका छन् ।संक्रमण देखिएको पाँच महिना भए पनि पछिल्लो एक महिनामा ह्वात्तै बढेको हो । पहिलो संक्रमण देखिएको दुई महिनापछि मात्रै दोस्रो संक्रमित देखिएकोमा तेस्रो महिना दैनिक दुई–चार जना हुँदै संक्रमित थपिए ।

    चौथो महिनासम्म पनि दैनिक संक्रमण दर दुई अंकमै सीमित थियो । तर, पाँचौँ महिना संक्रमितको संख्या दैनिक तीन अंकमा बढ्दै अधिकतम करिब सात सयसम्म पुगेको तथ्यांक छ ।चौथो महिना पूरा हुँदा देशभर संक्रमितको कुल संख्या पाँच सय १६ मात्रै थियो । तर, पाँचौँ महिनामा मात्रै नौ हजार ४५ बढेर हालसम्म कुल संख्या नौ हजार पाँच सय ६१ पुगेको छ ।

    कसरी भित्रियो, कसरी फैलियो ?
    २९ डिसेम्बर २०१९ मा चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरस सुरुमा नेपालमा पनि चीनबाटै भित्रियो । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा ९ माघमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनलाई केही दिनमै निको भएको थियो । त्यसपछि भने चीनबाट हालसम्म नयाँ संक्रमण भित्रिएको छैन ।पहिलो संक्रमण देखिएको दुई महिनासम्म नेपालमा नयाँ संक्रमित भेटिएनन् । तर, त्यो अवधिसम्म चीन हुँदै विश्वका विभिन्न मुलुकमा संक्रमण तीव्र बनिरहेको थियो । ती देशबाट आउनेहरू नेपाली वा विदेशी यात्रुका कारण नेपाल जुनसुकै वेला जोखिममा थियो ।तर, सरकारले कुनै ध्यान दिएन । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कुनै सचेतना अपनाएन । अध्यागमनमा प्रभावकारी थर्मलगन राखेर यात्रुहरूको स्वास्थ्य जाँच गरेन । उनीहरूको तथ्यांक व्यवस्थित रूपमा संकलन गरेन ।

    फ्रान्सबाट कतारको दोहा हुँदै आएकी एक नेपाली युवतीले विमानस्थलको यस्तो हालत देखेर सामाजिक सञ्जालमार्फत सचेतसमेत गराएकी थिइन् । तैपनि जिम्मेवार निकायले सम्भावित जोखिमप्रति नजरअन्दाज गरिरह्यो ।दुर्भाग्य, जसले विमानस्थलको भद्रगोल अवस्थामाथि सचेत गराएकी थिइन्, केही दिनमै उनैलाई कोरोना पुष्टि भयो । पहिलो संक्रमण देखिएको ६०औँ दिन अर्थात् १० चैतमा दोस्रो संक्रमितको रूपमा उनमा कोरोना पुष्टि भयो ।लगत्तै ११ चैतदेखि सरकारले लकडाउन ग¥यो । विमानस्थलमा पनि उडान बन्द भयो । तर, त्यसअघि तेस्रो मुलुकबाट नेपाल भित्रिएकाहरूबाट जोखिम थियो । १२ चैतमा तेस्रो संक्रमित पनि भेटिए । उनी संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका थिए ।

    बल्ल सरकार सपनाबाट ब्युँझियो । संक्रमितहरूसँगै उडानमा फर्किएकाहरूको खोजी गर्न थाल्यो । परीक्षण ग¥यो । थप केही संक्रमित भेटिए । तर, लकडाउनसँगै उनीहरूको संसर्गमा पुगेका व्यक्तिहरूलाई निगरानीमा राख्दा काठमाडौंमा कोरोनाको जोखिम न्यूनीकरण गर्न सफल भयो ।तर, काठमाडौंमा जोखिम टर्दै गर्दा भारततिरबाट जोखिमको हुरी हुत्तिँदै थियो । भारतमा कोरोनाले तीव्र गति लिइसकेको थियो । त्यहाँ पनि लकडाउन थियो । मजदुरीका लागि भारत गएका लाखौं नेपालीको बिचल्ली पर्न थाल्यो ।कैयौं घन्टा हिंडेर उनीहरू देशको सीमामा आए । तर, आफ्ना नागरिकलाई आफ्नै माटोमा स्वागत गरेर सरकारले सही व्यवस्थापन गर्न चाहेन । उनीहरूलाई भित्र्याए कोरोना फैलिने प्रचार गरेर सरकार सीमामै रोक्न उद्यत् रह्यो ।

    नागरिकलाई सीमामा छेकेर सरकार काठमाडौंमा कमिसनको धन्दामा रमायो । कोरोनाविरुद्धका उपकरण, औषधि तथा सामग्री खरिदमा मन्त्री र सरकारका अधिकारीहरू अनियमिततामा लागे ।उता, भोकै–प्यासै मर्ने अवस्था निम्तिएपछि केही नेपाली महाकालीको जोखिमपूर्ण जंघार तरेर देश भित्रिए । लुकिछिपी भित्रिएका उनीहरू राज्यको निगरानीमा परेनन् । त्यसले जोखिम बढायो ।सयौंको भिडमा घन्टौंसम्म सीमामा रोकिएका केहीलाई भने सरकारले नै विना स्वास्थ्य परीक्षण भित्र्यायो । यसले झन् जोखिम बढायो । उनीहरूसँगै कोरोना भित्रियो । चीन र तेस्रो मुलुकबाट भित्रिएको कोरोना नियन्त्रण भए पनि भारततिरबाट भित्रिएको कोरोना फैलिँदै गयो । दैनिक दुई–चार जना हुँदै संक्रमित बढ्दै गए ।तेस्रो व्यक्तिमा पुष्टि भएको २३ दिनपछि अर्थात् ५ वैशाखसम्म आइपुग्दा संक्रमितको संख्या ३० पुगेकोमा २५ वैशाखसम्म एक सय नाघे ।उता, सीमामा नागरिक रोक्ने सरकारी हठ धेरै दिन टिक्न सकेन । अन्ततः दैनिक हजारौँका दरले भारतबाट नेपाली स्वदेश भित्रिए । तर, सरकारले त्यतिवेलासम्म पनि स्वास्थ्य परीक्षण गरेर भित्र्याउने प्रबन्ध गरेन ।उनीहरूलाई क्वारेन्टाइनको नाममा खुला चउरदेखि पालमुनि चिसो भुइँमा समेत राख्यो ।

    एउटै ओछ्यानमा तीन–चारजनालाई सुतायो । खाने उचित प्रबन्ध गरेन, पिउने तातो त के शुद्ध पानीसमेत पाएनन् । कैयौं दिनदेखि भोकै परेका कतिपय मजदुरहरूले नातागत भएर क्वारेन्टाइनमा प्राण त्यागे ।क्वारेन्टाइनको नाममा भोडा–बाख्राझै खाँदिँदा झन् संक्रमणको जोखिम बढ्यो । एक जना मात्रै संक्रमित भए पनि क्वारेन्टाइनमै अरूमा फैलिने अवस्था बन्यो । भारतबाट भित्रिएको कोरोना क्वारेन्टाइनमा फैलिँदै पछिल्लो महिना मात्रै नौ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।कतिपयले स्वाबको रिपोर्ट कुर्दाकुर्दै क्वारेन्टाइनमै ज्यान गुमाएका छन्, पछि कोरोना पुष्टि भएको छ । स्वाब लगेको दुई–तीन सातासम्म पनि रिपोर्ट नआएपछि कतिपय क्वारेन्टाइनमै इन्तु न चिन्तु परेका छन् । यो बिजोग अवस्थासँग डराएर कैयौँ व्यक्ति क्वारेन्टाइनबाट भाग्न बाध्य भएका छन् ।

    तराईबाट फैलिएर पहाड हुँदै हिमालसम्म पुग्यो

    कोरोना तराईमा धेरै फैलियो, तर तराईमा मात्रै सीमित रहेन । भारतबाट आएकाहरू पहाडी जिल्लाका पनि थिए, सजिलै फैलियो । उनीहरूको उचित व्यवस्थापन नहुँदा संसर्गमा रहेका व्यक्तिबाट हिमाली क्षेत्रसम्म पनि कोरोना पुगिसकेको छ । सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये रसुवाबाहेक सबैमा कोरोना पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितहरू अधिकांश भारतबाट फर्किएकाहरू नै छन् । त्यसबाहेक उनीहरूको उपचारमा खटिएका वा संसर्गमा पुगेकाहरूलाई संक्रमण भएको छ । लामो समयसम्म संक्रमण नियन्त्रण भएको काठमाडौं उपत्यकामा पनि पछिल्लो महिना संक्रमित बढिरहेका छन् ।

    २३ मध्ये १९ जनाको मृत्यु पछिल्लो एक महिनामै

    नेपालमा कोरोनाबाट पहिलो मृत्यु १ जेठमा भयो । सिन्धुपाल्चोकको बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको मृत्यु भएयता २३ जनाको ज्यान भएको छ ।गुल्मी र कैलालीका तीन–तीन तथा अर्घाखाँची, बाँके र बाराका दुई–दुई जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, ललितपुर, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, डोल्पा, स्याङ्जा र चितवनका एक–एक जनाको मृत्यु भएको छ । पर्साको वीरगन्ज घन्टा घर नजिक २८ जेठमा मृत भेटिएका २५ वर्षीय युवकको भने ठेगाना खुलेको छैन ।

    संक्रमितमध्ये ९१ प्रतिशत पुरुष
    कोरोनाबाट संक्रमितमध्ये अधिकांश पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९१ प्रतिशत संक्रमित पुरुष छन् । महिला नौ प्रतिशत मात्रै छन् । मृतक पनि पुरुष नै बढी छन् । २३ मृतकमध्ये १८ जना पुरुष छन्, यो ७८ प्रतिशत हो ।

    बेलैमा सोचेको भए नियन्त्रण गर्न सक्थ्यो सरकार

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना अहिलेसम्म समुदायस्तरमा फैलिन पाएको छैन । तर, थोरै तलमाथि हुँदा पनि समुदायस्तरमा संक्रमण फैलिन पर्याप्त आधार भने तयार भएको छ । बर्खासँगै तराईमा निम्तिने बाढी र पहाडमा रोपाइँलगायत मेलापातमा हुने मानिसको भिडभाड कोरोना फैलिने मुख्य सम्भावित खतरा हो ।

    सरकारले वेलैमा भारतमा रहेका आफ्ना नागरिकलाई स्वागत गरेर व्यवस्थापन तथा परीक्षण गरेको भए जोखिम अहिलेसम्म धेरै न्यूनीकरण भइसक्यो ।हरेक वडामा स्थानीय सरकार छ । वडा–वडामा वेलैमा व्यवस्थित क्वारेन्टाइन बनाएर भारतबाट भित्रिएकाहरूलाई सम्बन्धित वडामै व्यवस्थापन गर्न सक्थ्यो । स्वास्थ्य परीक्षणको दायरा बढाउँदै संक्रमितलाई स्वास्थ्य संस्था र सामान्यलाई केही समयपछि घर पठाउन सक्थ्यो । तर, वेलैमा भारतबाट आउन चाहने नागरिकलाई जबर्जस्त रोक्दा उतै संक्रमित भए । संक्रमणपछि एकसाथ ठूलो भिडमा भित्र्याउँदा झन् संक्रमित बढे । क्वारेन्टाइनमा रहँदासम्म अझै फैलियो । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑