• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के भारतमा महिलाको मृत्युदर बढी छ ?

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार २१:३१
  • २३८९

    वीरगंज । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेमा पुरुषको संख्या महिलाको तुलनामा बढी छ । उदाहरणका लागि इटाली, चीन र अमेरिकामा समग्र संक्रमितमध्ये पुरुषको संख्या बढी छ । साथै, मृत्यु हुनेमा पनि पुरुष नै बढी छन् ।जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका संक्रामक रोगमा लैङ्गिक विविधताको अध्ययन गरेका वैज्ञानिक साब्रा क्लेइनका अनुसार जसरी उमेर समूहअनुसार हेर्दा वृद्धहरूमा कोरोना संक्रमणको संख्या धेरै छ । त्यसैगरी लैङ्गिक रुपमा हेर्दा पुरुषहरूको संख्या धेरै छ ।यद्यपि भारतको तथ्यांक भने विश्वको तथ्यांकभन्दा भिन्न छ । भारत र अमेरिकी वैज्ञानिक समूहको एक नयाँ अनुसन्धानले संक्रमितहरूमध्ये धेरैजसो पुरुष भए पनि कोरोना भाइरसबाट मृत्युको जोखिम भने पुरुषभन्दा महिलामा बढी देखिएको छ ।

    यो अध्ययन मे २० सम्म भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका मानिसहरूको संख्याको आधारमा गरिएको हो । त्यतिबेला भारतमा एक लाख १० हजारभन्दा बढी संक्रमित भेटिएका थिए भने तीन हजार ४३३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।अध्ययनको क्रममा भारतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३ दशमलव ३ प्रतिशत महिलाको मृत्यु हुने गरेको पाइएको थियो । जबकि पुरुषको मृत्युदर भने दुई दशमलव ९ प्रतिशत मात्र थियो ।४० देखि ४९ वर्ष उमेर समूहका संक्रमित महिलामध्ये तीन दशमलव २ प्रतिशतको मृत्यु भएको थियो । सोही उमेर समूहका पुरुषमा भने मृत्युदर २ दशमलव १ प्रतिशत मात्र थियो ।

    यस विषयमा हावर्ड युनिभर्सिटीका प्राध्यापक एसभी सुब्रमन्यमका अनुसार दुई पक्ष यसका लागि महत्वपूर्ण हुन्छन् – एउटा ‘मोर्टालिटी रिस्क’ र अर्काे ‘मोर्टालिटी बर्डेन’ ।मोर्टालिटी रिस्क अर्थात् मृत्युदर जोखिमबाट कुनै विशेष समूहको मृत्युदर आकलन गरिन्छ । यसमा समग्र महिलाको मृत्युलाई समग्र महिलाको संक्रमित संख्याले भाग गरिन्छ ।अर्कोतर्फ मोर्टालिटी बर्डेन अर्थात् मृत्यदर भार समग्र मृत्युदरमा महिलाको हिस्सा कति छ भन्ने कुराको आधारमा तय गरिन्छ ।प्राध्यापक सुब्रमन्यमका अनुसार समग्र मृत्युको हिसाबमा पुरुषको मृत्युदर बढी छ । भारतमा समग्र मृत्यु हुनेमध्ये ६३ प्रतिशत पुरुष छन् । भारतमा जीवित हुने मामिलामा महिला भएकै कारण कुनै लाभ नमिलेको सुब्रमन्यमको भनाइ छ । यसमा बायोलोजिकल र सामाजिक कारणले कत्तिको भूमिका निर्वाह गर्छ भन्ने विषयमा पनि स्पष्ट हुन सकेको छैन । यद्यपि अहिले भारतमा पाइएको तथ्यांक अन्य मुलुकको तुलनामा फरक छ ।

    पुरुषको मृत्युदर बढी हुनुमा पुरुषहरूमा कोरोनाबाहेक पहिला नै मुटुको रोग, हाइपरटेन्सनजस्ता समस्या रहनु एक कारण रहेको जोन्स हप्किन्स युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ कुनिहिरो मात्सुशिता बताउँछन् ।धेरै मुलुकमा महिलाको तुलनामा पुरुषले बढी धुम्रपान गर्छन् । साथै केही अध्ययनले पुरुषले महिलाको तुलनामा आफ्नो हात पनि कम धुने गरेको देखाएको छ ।संक्रामक रोग विशेषज्ञ मात्सुशिताले यसअघि आफू सहभागी भएको एक अध्ययनले पनि पुरुषमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी रहेको पाएको बताएका छन् । वैज्ञानिकहरूका अनुसार महिलामा प्रतिरोधी क्षमता बलियो रहनु र शरीरमा रहेको हर्मोनका कारण महिलामा कोरोना भाइरसका कारण हुने मृत्युदर कम छ ।तर पुरुषमा भन्दा महिलामा कोरोना भाइरसबाट मृत्युको जोखिम बढी भएको घटना भने अपवाद रहेको मात्सुशिताको भनाइ छ ।

    भारतमा कसरी कोरोना भाइरसको परीक्षण भइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।भारतमा महिलाहरू हरेक क्षेत्रमा पछि परेका छन् र पुरुषको तुलनामा धेरै उमेर भएका महिलाहरू बढी छन् । यसले पनि महिलामा मृत्युदर बढी भएको हुन सक्छ । साथै, भारतमा महिलाहरू डाक्टरकहाँ जान पनि निकै ढिला गर्छन् । केहीले त घरमा नै औषधि लिन रुचाउँछन् । घरमा पनि महिलाको स्वास्थ्यको त्यति धेरै चासो दिइँदैन । त्यसैले पनि भारतमा महिलाको मृत्युदर पुरुषको तुलनामा बढी देखिएको हुन सक्छ ।भारतमा बसोवासको अवस्था, सरसफाइको कमी, खानालगायतका विषयहरूले पनि यसमा प्रभाव पारेको हुन सक्ने विशेषज्ञहरूले बताएका छन् । आफूहरू भारतको तथ्यांकमा आगामी दिनमा पनि थप अध्ययन गर्ने र यसको नतिजाबारे अपडेट रहने प्राध्यापक सुब्रमन्यम बताउँछन् ।

    स्रोत : बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑