गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए ।
उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।यससँगै गुल्मीमा कुल संक्रमितको संख्या १९३ पुगेको छ । संक्रमित २० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।