• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलात्कार

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार ०६:५६
  • ३५७३

    वीरगंज । रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए ।तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे । सञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरे । यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए ।

    तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो । यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् । मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए ।तन्नामा पोका पारिएको अवस्था भेटिएको शव हेर्दा हत्या गरिएको अनुमान सजिलै गर्न सकिन्थ्यो । ‘दाइजोको विषयमा विवाद थियो । ११ लाख रुपैयाँ त पहिले नै बुझाएको हो । पुगेन भनेर बहिनी (साली) माथि यातना दिइरहेका थिए । कुटपिट गरेरै हत्या भएको देखिन्छ । निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।

    ठाकुरका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले सुरुमा मृतकको पोस्टमार्टम गर्न र पीडित पक्षको जाहरी लिनसमेत मानेको थिएन । तर, सबैतिरबाट दबाब भएपछि मात्रै प्रहरी बाध्य भयो । अहिले अनुसन्धानका लागि मृतक रेखादेवीका ससुरा नागेन्द्र र श्रीमान् सञ्जयलाई पक्राउ गरेको छ ।पोस्टमार्टम रिपोर्टमा रेखादेवीको झुन्डिएर मृत्यु भएको उल्लेख गरिएको सूचना आफूहरूले पाएको ठाकुरले बताए । प्रहरीले औपचारिक रूपमा रिपोर्ट सार्वजनिक गरेको छैन । ‘पोस्टमार्टममा झुन्डिएर मृत्यु भएको उल्लेख भए पनि उनीहरू (रेखादेवीका श्रीमान् र ससुरा) ले कुटपिट गरी झुन्ड्याएको हो भन्ने हाम्रो आशंका हो । प्रहरीले निष्पक्ष छानबिन गरोस्,’ उनले भने ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले घटना अनुसन्धानकै क्रममा भएकाले पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएको बताए । ‘हत्या हो कि आत्महत्या भन्ने अनुसन्धानपछि खुल्छ । किटानी जाहेरी दर्ता भइसकेको छ, अनुसन्धानपछि मात्रै घटनाको सम्बन्धमा भन्न सकिएला,’ उनले भने ।

    राजधानीमै सामूहिक बलात्कार

    भक्तपुरको ठिमी नगरपालिका– ६ स्थित पुरानो थिमी बस्ने २० वर्षीया युवती गत ८ जेठमा चिनजानकै साथीको योजनामा सामूहिक बलात्कारमा परिन् । नजिकै डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरी चिनजानकै थिए ।उनले युवतीलाई ललाइफकाई डेरामा लगेर बलात्कार गरे । पीडित युवती घर जान चाहन्थिन्, तर रोहितले जान दिएनन् । बरु, छिमेकमा बस्ने २९ वर्षीय कवाङ लामासहितका चार साथीलाई समेत कोठामा बोलाए । र, युवतीलाई रातभर पालैपालो बलात्कार गरे ।

    पीडित युवतीले दोस्रो दिन नै प्रहरीमा जाहेरी दिएकी थिइन् । गिरी पक्राउ परे पनि अन्य चार युवक भने फरार छन् । भक्तपुर प्रहरीका प्रमुख एसपी सविन श्रेष्ठले सामूहिक बलात्कार भएको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

    श्रीमानले नै गरे पत्नीको हत्या
    पूर्वी चितवनको खैरनीस्थित सिमलटाँडीका कृष्णप्रसाद अधिकारीका दुई श्रीमती थिए । जेठी शर्मिला र कान्छी मञ्जुबीच मिलाप थिएन । दुई पत्नीबीचको झगडामा कृष्णप्रसादले भने प्रायः शर्मिलालाई नै साथ दिन्थे ।

    गत वैशाखको अन्तिम साता मञ्जु र कृष्णप्रसादबीच भएको विवादले झडपको रूप लियो । शर्मिलाले स्वाभाविक रूपमा श्रीमानको साथ दिइन् । आवेगमा कृष्णप्रसादले मञ्जुलाई यति कुटपिट गरे कि उनको प्राण नै गयो । घटनाको अनुसन्धानपछि प्रहरीले कृष्णप्रसाद र जेठी श्रीमती शर्मिलालाई पक्राउ गर्‍यो । भरतपुर जिल्ला अदालतले घटना सुनियोजित ढंगले गराइएको भन्दै उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

    कैलालीको क्वारेन्टाइनमै सामूहिक बलात्कार, स्वयंसेवक नै भए हिंस्रक

    कैलालीको लम्कीचुहा नगरपालिका– १ स्थित सहिद स्मृति माविको क्वारेन्टाइनमै ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भयो, त्यो पनि क्वारेन्टाइनमा खटिएका स्वयंसेवकहरूबाटै ।पीडित महिला तीन साताअघि भारतको बेंग्लोरबाट फर्केर गाउँमै बनाइएको क्वारेन्टाइनमा बसेकी थिइन् । ३१ जेठको क्वारेन्टाइनमा उनी एक्लै थिइन् । ठूलो कोठामा चुकुल पनि थिएन । भित्रको टेबुलकुर्सीले ढोकामा टेको लगाएर सुतिन् ।

    मध्यरातमा कसैले ढोका ढकढक्याएपछि उनी तर्सेर ब्युँझिन् । परिचित स्वयंसेवकको आवाज भएको पक्का भएपछि उनी ढुक्क भइन् । तर, स्वयंसेवकले ढोका खोलेर भित्र पसी महिलालाई भुइँमा पछारे । अनि, जबरजस्ती गरे ।विवश महिलाले गुहार मागिन् । घटनास्थलमा अन्य अर्का एक स्वयंसेवी र हेल्थ असिस्टेन्ट पनि आए । तर, उनीहरूले महिलाको उद्धार गरेनन् । बरु बार्गेनिङ गर्न भन्दै मोबाइलबाट भिडियो खिचे । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा तीनै जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।‘सामूहिक बलात्कार भएको भन्दै तीन जनाविरुद्ध जाहेरी पर्‍यो । अहिले पक्राउ गरेर अनुसन्धान भइरहेको छ,’ कैलालीका एसपी अनुपमशमशेर जबराले भने ।

    श्रीमानको यातनाले घर छाड्न विवश मनु दूधेबालकसहित अलपत्र

    २६ वैशाखको अपराह्न जडीबुटीस्थित डेरामै थिइन्, दोलखा कालिञ्चोक–२ बाबरेकी २५ वर्षीया मनु थामी । श्रीमान् बाहिर निस्किएका थिए । काखे छोरा रुन थालेपछि भुलाउन ढाडमा मजेत्रोले बाँधिन् । ढोकाबाट बाहिर चिहाइन् । कोही नदेखिएपछि बाहिर निस्किएकी मात्रै के थिइन्, श्रीमान् राजु बुढामगरसँग जम्काभेट भयो । उनको अनुमति विनै ढोका बाहिर पाइला राखेर ठूलो ‘अपराध’ गरेकी थिइन् मनुले ।

    क्रोधित श्रीमान्ले मनुको चुल्ठो समातेर घिसार्दै कोठाभित्र लगे र भकाभक कुट्न थाले । आमासँगै रोइरहेको अबोध छोराको चिच्याहटले पनि राजुको मन पगालेन । कुट्दा–कुट्दा थाकेपछि मात्रै रोकिए । ‘बाहिर निस्किस् भने तँलाई म यहीँ काट्छु,’ ढोका बन्द गरेर फेरि बाहिर निस्कँदै गर्दा उनले थप चेतावनी दिए ।श्रीमानको निर्घात कुटाइ यो पहिलो पटक थिएन मनुका लागि । प्रत्येक दिन कुटाइ खानुपथ्र्यो उनले । श्रीमानले कोठाबाट बाहिर निस्कन दिँदैनथे, विवश र लाचार मनु कोठामै रोएर बस्थिन् ।खासमा बिहे गरेको वर्षदिनबाटै यातनाको शृंखला सुरु भएको थियो उनीमाथि ।

    राजुले ज्यान मार्ने धम्की दिन्थे । वेलावेला त मर्ने गरी नै घाँटी अठ्याउँथे । सास रोकिएर उनी अररो परेपछि मात्रै छाड्थे । यसक्रममा कैयौपटक उनको टाउको फुट्यो, शरीरमा चोट लागे । तैपनि काखे छोराको मायाले सबै सहिन् । वेलावेला छोरालाई छाती कस्थिन् र आफ्नै भाग्यलाई सराप्दै रुन्थिन् ।लकडाउनपछि मनुमाथिको यातना अझै बढेको थियो । २६ वैशाखको घटनापछि ज्यान जोगाउन पनि भाग्ने योजना बनाइन् । र, साँझ ६ बजे काखीमा छोरालाई च्यापेर उनी कोठाबाट निस्किइन् । श्रीमान्को आँखा छल्दै बल्लबल्ल जडीबुटीस्थित मेनरोडमा त पुगिन् । तर, अर्को समस्या अगाडि तेर्सियो, अब आयो जाने कहाँ ? करिब आधा घन्टा सडकमै घोत्लिएपछि कपन बस्ने दिदी सीतालाई सम्झिइन् ।

    त्यहीँ गएर शरण लिने योजना बनाइन् । हिँड्दै रातको करिब १० बजे मनु चाबहिल पुगिन् । तर, कपन जाने बाटो भुलिसकेकी थिइन् । सुनसान सडकमा कसैलाई सोध्ने आँट पनि थिएन उनीसँग, न त कोही आफन्तको नम्बर थियो । थकित र त्रसित मनु सडकपेटीमै थचक्क बसिन् ।केहीबेरमा प्रहरीले देखेपछि मनुलाई सोधपुछ गर्‍यो । प्रहरीकै सहयोगमा उनी राति २ बजे कपनस्थित दिदीको डेरामा पुगिन् । भोक र शरीरभरिको चोटका कारण उनको अवस्था दयनीय थियो । छोराको पनि ओठमुख सुकिसकेको थियो ।

    बहिनीको अवस्था देखेर दिदी सीता पनि भावविह्वल भइन् । तर, भोलिपल्टदेखि नै सीताको परिवारमा असन्तुष्टि देखियो । कोरोनाको त्रासका कारण उनको परिवारले मनुलाई शरण दिन रुचि देखाएन । त्यसैले उनी आफैँ त्यहाँबाट बाहिरिइन् । अहिले उनी बौद्ध महांकालस्थित दोलखाकै एक डेरावालको शरणमा पुगेकी छिन् ।‘श्रीमानको यातना सहन सकिनँ । बल्लतल्ल ज्यान जोगाएर कोठाबाट भागेँ । शरण लिन दिदीकोमा त पुगेँ, तर त्यहाँ पनि बस्ने अवस्था रहेन । अहिले गाउँकै दाइकहाँ आइपुगेकी छु । दूधेबच्चा छ, भोलि के हुने हो, कसरी बाँच्ने हो केही थाहा छैन,’ मनुले पीडा सुनाइन् ।

    कमजोर पारिवारिक अवस्थाकी मनु चार वर्षअघि काठमाडौं आएकी थिइन् । बालाजुस्थित गेस्ट हाउसमा उनले काम पाइन् । त्यही गेस्टहाउसमा कुक भएर काम गर्थे बाग्लुङ भगोटका राजु बुढामगर । त्यहीँ दुई जनाबीच प्रेम बस्यो र विवाह गरे । एक वर्षसम्म दुई जनाबीचको सम्बन्ध ठीकै थियो । तर, त्यसपछि राजुले यातना दिन सुरु गरे ।‘बिहेपछिको करिब एक वर्षसम्म सबै ठीकठाकै थियो । त्यसपछि यातना दिन थाल्यो । शरीरभरि घाउ छ । कसैलाई भनिस् भने मारिदिन्छु भन्छ । डरले कसैलाई भन्न सकेकी छैन । अब त म त्योसँग बस्दिनँ, मार्छ । छोरालाई कसरी पाल्ने मात्रै चिन्ता छ,’ मनुले भनिन् ।

    राष्ट्रिय महिला आयोगकी प्राविधिक सल्लाहकार पलिता थापाले पीडित मनुको घटना सम्बन्धमा जानकारी भएको, तर लकडाउनका कारण प्रभावकारी सहयोग गर्न नसकिएको बताइन् । ‘मनुको घटना सन्दर्भमा जानकारी भएको छ । उनी ट्रमामा रहेको मैले बुझेकी छु । त्यसो हुँदा अहिले नै कानुनी कारबाहीमा जान सक्ने अवस्थामा छैनन् । उनलाई काउन्सिलिङको आवश्यकता देखिएको छ । टेलिफोनमार्फत काउन्सिलिङ भइरहेको छ । त्यसबाहेक अन्य केही गर्न सकिएको छैन,’ उनले भनिन् ।

    लकडाउनका ८३ दिन : नेपालमा बलात्कारका तीन सय ७३ घटना
    लकडाउनको अवधिमा महिला हिंसाका घटना बढेका छन् । ११ चैतदेखि ३२ जेठसम्म देशभर महिला हिंसासँग सम्बन्धित पाँच सय ४१ घटना भएको प्रहरीले जनाएको छ । यो संख्या यही अवधिमा भएको संगठित अपराधको तुलनामा झन्डै ३१ प्रतिशतले धेरै हो । संगठित अपराधका घटना तीन सय ७६ भएका छन् ।प्रहरीका अनुसार लकडाउनको अवधिमा बलात्कारका घटना मात्रै तीन सय ७३ भएका छन् । प्रत्येक दिन औसत पाँचजना महिला बलात्कृत भएका छन् । सामान्य अवस्थामा दैनिक औसत सात महिला बलात्कारको सिकार हुने गर्थे । त्यस्तै, जबरजस्ती करणीका तीन सय ७३, जबर्जस्ती करणी उद्योगका एक सय एक, बोक्सी आरोपका आठ, बहुविवाह ३४, अप्राकृतिक मैथुनका सात तथा बालविवाह र मानव बेचबिखनका नौ–नौ घटना भएका छन् ।

    नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले संगठित अपराधको तुलनामा महिला हिंसाका घटना अलि धेरै भए पनि सामान्य दिनको तुलनामा भने केही कम भएको बताए । ‘संगठित अपराधको तुलनामा महिला तथा बालबालिकासँग सम्बन्धित अपराधका घटना केही बढेका हुन् ।प्रहरीको सक्रियताका कारण अनुसन्धान भएको र प्रहरीले रेस्पोन्स गरेको अर्थमा पनि यसलाई बुझ्नुपर्छ । भएको पनि त्यही हो । हामीले महिला तथा बालबालिकासँग सम्बन्धित कुनै पनि घटनामा कम्प्रोमाइज गरेका छैनौँ । आवश्यक अनुसन्धान गरेका छौँ,’ उनले भने ।

    महिला आयोगले पनि लकडाउन अवधिमा महिला हिंसाका उजुरी बढेको जनाएको छ । आयोगमा यस अवधिमा दर्ता भएका ६ सय चार घटनामध्ये ७७ प्रतिशत घरेलु हिंसा र १३ प्रतिशत यातनासँग सम्बन्धित छन् । यस अवधिमा एक हजार तीन सय घटनाको उजुरी त टेलिफोनबाट मात्रै आएको आयोगले जनाएको छ । आयोगकी सचिव शान्ता अधिकारीले लकडाउन अवधिमा महिला हिंसाका घटना बढेको बताइन् ।

    महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङ भन्छन्, ‘महिला हिंसा बढेको देखिन्छ, न्यूनीकरणका प्रयास पनि भएका छन्’

    लकडाउनको अवधिमा महिला हिंसा र त्यससँग सम्बन्धित अपराधका घटना सतहमा आएका छन् । तथ्यांक हेर्दा बढेको हो कि जस्तो देखिन्छ । जे होस् यस्ता घटना न्यूनीकरण गर्नु सरकारको मुख्य दायित्व हो । यसका लागि सरकारका फरक–फरक निकायले फरक–फरक जिम्मेवारी बोकेका छन् । काम पनि भइरहेको छ ।अपराधसँग सम्बन्धित घटनाको रेस्पोन्स गर्ने जिम्मा गृह मन्त्रालयको हो । हिंसा हुन नदिन सचेतना गर्ने काम महिला मन्त्रालयको हो । त्यसअन्तर्गत हामीले हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छौँ । स्थानीय तहमा पीडितहरूका लागि कोष खडा गरिएको छ । उद्धारका काम भएका छन् ।लकडाउनको अवधिमा मात्रै विपतमा परेका २२ गर्भवती महिलाको उद्धार गरिएको छ । यसको अर्थ हिंसाजन्य घटना न्यून भयो भन्ने होइन । तर, न्यूनीकरण गर्ने प्रयास भएका छन् । अब पनि यस्ता घटना न्यूनीकरण गर्न मन्त्रालयले सबै विकल्प अपनाउनेछ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑