वीरगञ्ज | पर्साको भिस्वा नाकाबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।
सीमावर्ती भारतीय बजारबाट भिस्वा नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।गस्ती टोलीलाई देखपछि पैसा बोकेर आउँदै गरेका व्यक्ति झोला फालेर भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।