बिरगंज । सुन्न्री चौरसिया | सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र साहले बताउनुभयो ।
भारतको सुरतबाट फर्किएर आएका उनीहरु नगरपालिकाको क्वारेन्टिनमै बस्दै आएका थिए । गत जेठ २६ गते उनीहरुको स्वाब संकलन गरी नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका तीनैजना सिम्रौनगढ नगरपालिकाकै १८, १९ र ३८ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिनुभभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकाे छ।
पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
संक्रमितको विवरण
डोटी ६१
नवलपरासी पूर्व ३२
महोत्तरी २४
तनहुँ २३
बागलुङ २०
बैतडी १८
गुल्मी १८
पाल्पा १८
डडेलधुरा १२
झापा १
सुनसरी २
मोरङ ८
सर्लाही ९
बारा ४
कैलाली १
काठमाडौं १
नवलपरासी पश्चिम १
रामेछाप ३
रौतहट २
रुपन्देही १
धादिङ ८
भक्तपुर ७
स्याङ्जा १
रौतहट ५
कैलाली २
बाँके १४
बर्दिया ७
रुकुम पश्चिम १
दाङ ४
प्यूठान ८