काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म प्रतिदिन १० हजारका दरले पीसीआर परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताएका छन् ।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न लागेको जानकारी दिए ।
जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उनले बताए । उनले भने– ‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, नीजि क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।
मन्त्री ढकालले प्रतिप्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए ।