• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा चिनियाँ माल बहिस्कार अभियान

  • वीरगंज संजाल
  • ६ असार २०७७, शनिबार १५:२९
  • २४३३

    भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न भएको तनावको असर दुई देशको द्वीपक्षीय व्यापारमा पर्ने देखिएको छ । भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले पनि चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको सञ्चारध्यमले जनाएका छन् ।गत सोमबार लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त भएको थियो । उक्त भिडन्तमा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारतभित्र आक्रोश बढेको छ । यो आक्रोश मत्थर पार्नलाई कुनै न कुनै चीन विरोधी कदम चाल्नैपर्ने दबावमा मोदी सरकार छ । चिनियाँ उत्पादनमाथि अंकुश लगाउने तयारी यही दबावको उपज हो ।कम्तिमा ३ सयवटा चिनियाँ वस्तुमाथि कर बढाइन लागेको भारतीय अधिकारीहरुलाई उद्वृत गर्दै बेलायतबाट प्रकाशित हुने ‘द गार्जियन’ले जनाएको छ । भारतीय मिडियाहरुले भने यो समाचार सम्प्रेषण गरेका छैनन् ।

    भारतमा चिनियाँ सामग्रीको प्रयोग नगर्नका लागि अभियान नै चलाइएको छ । चीनका सामान बहिष्कार गरौं भन्ने नारा लेखिएका टिसर्टहरु भारतमा खुब विक्री भइरहेका छन् । कतिपय चिनीया कम्पनीले नै यस्ता टिसर्ट उत्पादन गरेर भारतमा बेचिरहेको दावी पनि केही सञ्चार माध्यमले गरेका छन् ।चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीन र भारतबीच वर्षमा ८० अर्ब डलरको हाराहारीमा वैदेशिक व्यापार हुन्छ । यो व्यापारको सन्तुलन चाहिँ चीनतर्फ ढल्केको छ । अघिल्लो आर्थिक वर्ष भारतले चीनमा करिब १६ अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो भने ६४ अर्ब डलर बराबरको आयात गरेको थियो । यसरी भारतले एक वर्षमै ५० अर्ब डलरको आसपास व्यापार घाटा व्यहोरेको छ ।

    भारतले चीनबाट आयात गर्ने मुख्य वस्तुहरुमा विद्युतीय उपकरणहरु, स्मार्टफोन, टेलिफोन सेट, विभिन्न मेसिनरी सामान, फलाम, स्टिल, स्वास्थ्य सामग्री र उपकरण, खेल सामग्री, कपडा र जुत्ता इत्यादी हुन् । यसैगरी भारतले चीनमा पेट्रोलियम उत्पादनहरु, कम्प्युटर, केमिकल तथा औषधिजन्य उत्पादनहरु निर्यात गर्छ । चीनसँग भारतको वार्षिक ५९ अर्ब ३० करोड डलरको व्यापार घाटा हुने गरेको छ । भारतको समग्र आयातमा ११ प्रतिशत हिस्सा चीनको छ ।थुप्रै वस्तुहरुमा भारत चीनमाथि आश्रित रहेकाले सबै चिनीया सामानको आयातमा उसले पूर्ण रोक लगाउन सक्दैन । साथै यो विश्व व्यापार संगठनको नीति विपरित पनि हुन्छ । भारत र चीन दुवै डब्लुटीओका सदस्य हुन् । अर्कोतर्फ चीनसँगको वैदेशिक व्यापार समाप्त भएमा भारतको अर्थतन्त्रलाई गम्भिर धक्का लाग्ने निश्चित छ । भारतका लागि चीन र चीनका लागि भारत ठूला बजार हुन् । दुवैले यो बजार गुमाउन चाहँदैनन् ।

    यदि भारतले चीनका सामानहरुमा उच्च कर वृद्धि गरेको खण्डमा त्यसले मूल्यवृद्धि सिर्जन ागर्ने भएकाले भारतका लागि यो कदम सजिलो भने छैन । साथै भारत वैदेशिक व्यापारमा अनुदार देशको रुपमा पनि चिनिने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका उत्पादनमा भारतले उच्च कर लगाउने गरेको भनेर बारम्बार आलोचना गर्दै आएका छन् ।चीन र भारतको सीमामा विवाद देखिन शुरु भएसँगै गत मे महिनादेखि चिनियाँ सामग्री र प्रविधि तथा लगानीमा रोक लगाउनुपर्ने माग उठ्न थालेको थियो । यसै क्रममा भारतीयले चिनियाँ एपहरु पहिचान गर्ने र डिलिट गर्ने प्रोग्राम पनि बनाएका थिए । गुगलले गत मेमा यसलाई बन्द गर्नुभन्दा पहिला यो ५० लाखपटकभन्दा बढी डाउनलोड भइसकेको थियो ।

    कर बढाउने मात्र नभएर चीनबाट आउने लगानी रोक्ने विषयमा पनि छलफल भइरहेको अधिकारीहरुले बताएका छन् । भारतमा चीनको प्रत्यक्ष वैदेशिक लगानी निकै ठूलो छ । सन् २०१४ मा भारतमा चीनको लगानी एक अर्ब ५० करोडको हाराहारी रहेकोमा अहिले बढेर ८ अर्ब डलर पुग्न लागेको छ ।भारतको सञ्चार मन्त्रालयले सरकारी टेलिकम प्रदायक र अन्य निजी कम्पनीहरुलाई भविश्यमा हुन सक्ने सबै चिनियाँ सम्झौता र उपकरण उपग्रेडको काम रोख्न निर्देशन दिएको छ ।चिनियाँ कम्पनीलाई भविष्यका परियोजनाको टेन्डरमा पनि भाग लिनबाट रोक लगाइएको छ । जसमा फोरजी अपग्रेड पनि समावेश हुन सक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑