• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व शरणार्थी दिवस

  • वीरगंज संजाल
  • ६ असार २०७७, शनिबार ०६:२२
  • १०३६९

    यस वर्षको शरणार्थी दिवस विश्वले अलिक फरक तवरले मनाउने छ, कोभिड १९ को महामारी र लकडाउनका बिच विश्वले कुनै भेला, सभा या भींड भन्दा पर एकअर्काको आपसी एैक्वद्धता, सद्भाव र मानवताको उद्घोषका साथ मनाउनेछ ।सन् २०२० मा यूएनएचसीआरले आइभोरी भन्ने देशका २२ वर्षिय कलाकार ओ प्लेरुले बनाएका ईमोजीलाई आधिकारिक शरणार्थी दिवसको ईमोजी बनाएर उतार्दैछ, ट्वीटरले पनि यस्लाई आधिकारिक मान्यता दिँदै बिभिन्न ह्याशट्यागहरुको उद्घोष गरेको छ ।  यस ईमोजिमा हृदय अर्थात मुटुको आकृतिमा दुईवटा हातहरु मिलेको देखाएनेछ, जुन को २३ तारिखसम्म यस्लाई लाइभ गरिने शरणार्थी समबन्धी संयूत्तरराष्ट्र संघीय उच्चआयोग यूएनएचसीआरले बताएको छ ।

    यस बर्षको विश्व शरणार्थी दिवसमा संघारमा विश्वभरि विस्थापन बढेको र नाटकीय सामाजिक परिवर्तनको पृष्ठभूमिमा विश्व समुदाय नै उभिएको पाइएको छ । महामारी र भर्खरको रंगभेदी विरोधी प्रदर्शनले बढी समावेशी र न्यायसंगत विश्वको आवश्यकतालाई रेखांकित गरेको छ। युएनएचसीआर र यसका साझेदारहरूले लाखौं शरणार्थीहरू र अन्य जबरजस्ती विस्थापित र राज्यविहीन मानिसहरूलाई बचाउन आफ्नो प्रयासलाई जोड दिइरहेका छन्।ससाना समुदाय, कबिला या समुहमा बस्ने मान्छे अब भौगोलिक रेखाभित्रका देश अनि सिमाभित्र बस्न थालेका छन् । उनीहरुको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरीक, म ढिस्काना देशको नागरीक आदि ।

    तर केही यस्ता मान्छेहरु पनि हुन्छन् जसको देश त हुन्छ तर उनीहरु त्यस देशका नागरीक भएर बस्न पाँउदैनन्, यावत कारणले । यस्ता मान्छेहरु जब अर्कै कुनै देश या सिमामा बास माग्न या बस्न पुग्दछन् तब तिनीहरुलाई शरणार्थी भनिन्छ ।शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ । संयुक्त राष्ट्रसंघले अरु मानिस झैं शरणार्थी मानिसहरु रहेको र उनीहरुले आफ्नो बसोबासमा सामान्य रुपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवियता, सहअस्तित्व, विविधता र शरणार्थीहरु प्रति खुल्‍ला हृदयहरुको आवश्यकता छ ।

    थोरै खानेकुराका पोका, महिला, लालावाला अनि केही गुटिगुन्टा अनि धेरै त्रास र भय बोकेर यसवर्ष पनि थुप्रै देशहरुवाट शरणार्थीका लावालस्कर निस्केका छन् । मध्यपूर्वी एसियाका देशहरु लगायत यसपाला सर्वाधिक चर्चामा रोनिगिया मुसलमानहरु अनि तिनको बंगलादेशको शरण रहेको छ । शरणार्थी चाहे जुनैसुकै देशको हुन तर तिनीहरुले जति गरिबी, भोकमारी, दुख्ख, जोखिम, उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकहरु शायदै अरुले खसाउलान ।नेपालले पनि पालैपालो गरेर गएका केही दशकमा कहिले तिव्वती त कहिले भुटानी शरणार्थीलाई आफ्नो स्न्ेश र बास साटासाट गरेको छ, देश सानो भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरु भने धेरै छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो ।

    उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन । शायद आजको यस दिवसमा सरोकारवालाहरुको यस तर्फ पनि ध्यान जानेछ भन्ने कामना गरौं ।आज विश्वभरिका देशका सरकारलाई आधारभूत यि बुँदाहरु मा स्वीकारोक्ति गराउन आव्हान गरिन्छ । हरेक शरणार्थी बालबालिकाले पढ्न पाउन शरणार्थी परिवारले यथोचीत वास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउन् । यस विश्वमा हरेक ११३ मान्छेमध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वन्धुत्व र वुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि यूद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आँफै समाधान हुनेछ । जुन २० को शरणार्थी दिवसको सबैलाई शुभकामना ।

    #WorldRefugeeDay #RefugeeDay #WithRefugees

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑