पोखरा । गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो अहिलेसम्मकै उच्च संख्या हो। विज्ञप्तिअनुसार नयाँ कोरोना संक्रमितसहित संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
शुक्रबार पर्वतका ५ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिइन्। कोरोना संक्रमित नभेटिएको अहिलेसम्म मुस्ताङ जिल्लामात्रै रहेको छ।