• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारत सीमा विवाद : मधेशलाई छ यस्ता पीडा

  • वीरगंज संजाल
  • ४ असार २०७७, बिहीबार १५:५७
  • २७७३

    नेपाल र भारतबीच अहिले सीमा विवाद बढेको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरालाई दुवै देशले आ–आफ्नो नक्सामार्फत दावी गरेका छन्, जसका कारण दुई देशबीच सीमा विवाद चर्किएको छ ।

    भारतले लिपुलेक, कालापानी लगायतका जमिन आफ्नो भएको दावीसहित नयाँ नक्सा जारी गरेलगत्तै नेपालले त्यसमा असहमति जनाउँदै वार्ताबाट सीमा विवाद सुल्झाउन भारत सरकारलाई पत्र पठाएको थियो । तर भारतले त्यतिबेला वास्ता गरेन । उल्टै, सोही भूमिमा निर्माण गरेको सडक भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि विवाद थप चर्कियो ।

    भारतको उक्त कदमपछि नेपालले संशोधित नक्सा जारी गर्दै उक्त भूभागलाई पनि समेट्यो । अहिले भारतले वार्ताको माध्यमबाट त्यसलाई समाधान गर्न चाहेको चर्चा चलिरहेको छ । यद्यपि त्यसबारे आधिकारिक जानकारी नआएको सरकारी स्रोतको भनाइ छ ।

    हालसम्म दुवै देश आ–आफ्नो अडानमा कायम छन् । त्यसले दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

    निकट छिमेकी दुई मुलुकबीच सम्बन्ध चिसिएका कारण सीमावर्ती क्षेत्रमा बस्ने आमजनतालाई मार परेको छ ।

    खुल्ला सीमाका कारण दुवै देशका नागरिक एक अर्काको देशमा सहज रुपमा आउजाउ गर्दै आएकामात्र होइन, एक अर्काको देशमा बिहेवारीको साथै व्यापार व्यवसाय पनि गर्दै आएका छन् । सीमावर्ती क्षेत्रमा दुवै देशको बजार एक अर्काको भरमा चलेको हुन्छ । भारतका मान्छे नेपाली बजारमा आएर किनमेल गर्ने र भारतीय बजारमा नेपालीहरु गएर किनमेल गर्ने गरेका हुन्छन् ।

    यस्तो सम्बन्धलाई दुई देशबीचमा देखिएको सीमा विवादले प्रभाव पारेको वीरगंजमा रहेका ‘आजतक’ (भारतीय न्यूज च्यानल)का नेपाल समाचारदाता पंकज दास बताउँछन् ।

    ‘लकडाउनको अवस्थामा पनि दुई देशबीच जनस्तरको सम्बन्धमा कुनै असर गरेको थिएन, नाकाहरु बन्द भए पनि कुनै न कुनै बाटो भएर एक अर्काको देशमा आउजाउ हुन्थ्यो,’ उनले भने, ‘लुकाई छिपाई व्यापार चलिरहेकै थियो, आफन्तकहाँ आउजाउ भइरहेकै थियो, तर सीमाको विवादका क्रममा नेपालले नयाँ नक्सा जारी गरेपछि सीमा क्षेत्रको जनजीवन प्रभावित भयो ।’

    दुवै देशको सीमा नाकामा अहिले केही कडाइ गरिएको छ । सुरक्षाकर्मीको व्यवहारमा परिवर्तन आएको छ । दुई देशको बीचमा अहिले जुन सम्बन्ध छ, त्यही अनुसार सुरक्षाकर्मीले व्यवहार गरिरहेको उनको भनाइ छ ।
    सीमा विवाद बढेदेखि भारतीय सुरक्षाकर्मीको व्यवहारमा परिवर्तन आएको अनुभव रुपन्देहीका स्थानीय बुद्धिजिवी रामविकास चौधरीले पनि सुनाए ।

    उनले भने, ‘जबदेखि नेपाल–भारत सीमा विवाद भएको छ, भारतीय सुरक्षाकर्मी नेपालीहरुसँग कडा रुपमा प्रस्तुत हुन थालेका छन्, सोधपुछ गर्नुको साथै अपशब्द प्रयोग गर्नु, हप्काउनु, गाली गर्नेजस्ता कार्य गर्न थालेका छन् ।’
    दुई देशको बीचमा सम्बन्ध चिसिएपछि भारतले सीमा क्षेत्रमा आफ्नो सुरक्षा अवस्था कडा पारेको छ र नेपालीमाथि कडा निगरानी बढाएको छ । भारततर्फ सीमा क्षेत्रको प्रत्येक तीन किलोमिटरमा एउटा सुरक्षापोस्ट भारतले राखेको छ । नेपाल–भारतबीच एकहजार ८८० किलोमिटर खुल्ला सीमाना छ । अहिले लकडाउनमा २० वटा नाकामात्र खुल्ला गरिएको छ र ती सबै नाकामा एउटा–एउटा होल्डिङ सेन्टर राखिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई त्यही होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । त्यसका लागि नेपाली सेना परिचालन गरिएको छ ।

    त्यसबाहेक पनि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १२५ वटा क्याम्प र एक हजारभन्दा बढी अस्थायी पोष्ट छन् । नेपाल प्रहरीका पनि सुरक्षा पोस्ट छन् । दुवैतर्फ सुरक्षाकर्मीको चहलपहल निकै बढेको कारणले पनि सर्वसाधारण त्रासमा रहेको बाराका संजय यादव बताउँछन् ।

    ‘काठमाडौं र दिल्लीको विवादले गर्दा सीमा क्षेत्रमा बसोबास गर्ने र पुस्तौदेखि बेटीरोटीको सम्बन्धमा बाँधिएका जनतालाई पक्कै प्रभाव पर्छ,’ विराटनगर–जोगवनी नाकामै बस्दै आएका मोरङका सदानन्द यादव भन्छन्, नागरिकताको समस्याले गर्दा दुई देशमा हुने बिहेवारी त्यतिकै कम भएको छ, भारतीय नागरिकले अहिले आफ्ना छोरीको बिहे नेपालतिर गर्न नचाहेको देखिन्छ, झन् अहिलेको विवाद समाधान भएन भने सबभन्दा बढी मारमा सीमा क्षेत्रमा बस्ने मधेशी समुदाय नै हुन्छन् ।’

    अवकाश प्राप्त शिक्षक यादवले भने, ‘अहिले लकडाउनका कारण त्यति असर त देखिएको छैन, आउजाउमा रोक लगाएको पनि त्यति महसुस भइरहेको छैन तर लकडाउन नभएको भए आउजाउमा लागेको रोकको असर राम्रोसँग देखिन्थ्यो ।’

    मधेशी जनताले वार्ताको माध्यमबाट दुई देशबीचको यो विवाद चाँडै समाधान होस् भन्ने चाहेको उनले बताए ।

    भारतको जोगवनी बजार नेपाली उपभोक्ताकै कारणले चलिरहेको थियो, नेपाली उपभोक्तालाई लक्षित गरी सीमा क्षेत्रमा सो वजार खोलिएको थियो अहिले त्यो बजार पुरै ठप्प छ ।

    यदि दुई देशबीच विवाद बढ्यो भने त्यसको घाटा नेपाली पक्षलाई मात्र होइन, भारततर्फ पनि निकै ठूलो घाटा हुन्छ । हरेक सीमा क्षेत्रको नाका नाकामा भारतको ठूला ठूला बजार छन्, जुन नेपाली उपभोक्ताका कारण चलेको छ । यदि दुई देशबीचमा तनाव बढ्यो भने ती सबै बजार बन्द हुन्छन् ।

    झापा, सर्लाही, बारामा भारतीय नागरिक र नेपाली सुरक्षाकर्मीबीच झडप भएको ताजा उदाहरण छन् । भारतीयहरु नेपाल छिर्न खोज्ने र नेपाली सुरक्षाकर्मीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो । उता, कपिलवस्तुको मर्चवार क्षेत्रमा रहेको गंगा नदीको पूर्वी सीमामा नेपालतर्फ रहेको एउटा पिपलको बोट जोगाउन खोज्दा भारतीय सीमा सुरक्षामा तैनाथ एसएसबी आएर रोकेका थिए ।

    जेठ ३२ गते त्यहाँका स्थानीय तहले आफ्नो बजेटबाट त्यो बोटको वरिपरी माटो राखेर चौतारा जस्तो बनाउँन खोज्दा एसएसबी आएर रोकेको थियो । अहिले त्यो काम ठप्प रहेको रुपन्देहीका रामविकास चौधरीले बताए ।
    बाढी आएको बेला पिपल वरिपरी रहेको माटो बगाएर लगेपछि त्यसलाई संरक्षण गर्न स्थानीय तहले चारलाख बजेट छुट्याएको थियो । काम पनि शुरु भयो, दुई दिनसम्म काम पनि भयो तर तेस्रो दिन आएर भारतका एससबीले काममा रोक लगायो ।

    उनीहरुले उक्त रुख सीमा क्षेत्रमा परेको हुनाले यहाँ काम गर्न मिल्दैन भनेर अवरोध गरे । जबकि दशगजाभन्दा त्यो पिपलको रुख निकै वर नेपाली भूमिमा  छ । स्थानीय बासिन्दाका अनुसार नेपाल–भारत सीमा विवाद पछिल्लो समय चर्किएसँगै दुई देशबीचको सम्बन्ध चिसिएको परिणामस्वरुप भारतीय सुरक्षाकर्मीले यस्तो व्यवहार गरेका हुन् ।

    वीरगञ्जमा रहेका नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले दुई देशबीचमा रहेको विवादलाई बढाउनु भन्दा समाधान गर्नतिर लाग्नुपर्ने बताए ।

    वार्ता र संवादमार्फत यसलाई समाधान गर्नुपर्ने बताउँदै उनले दुई देशबीच मतभेद भए पनि मनभेद हुन नहुने उनको भनाइ छ । ‘दुई देशबीच अटुट सम्बन्ध छ, यसलाई टुट्न दिनुहुँदैन,’ उनले भने, ‘यो लकडाउनका बेला सबै आ–आफ्नो घरमा छन्, कुनै प्रकारको विजनेश व्यापार पनि छैन ।’ लकडाउन सकिएपछि पूर्ववत् सबै सम्बन्ध तथा व्यवहारहरु सुमधुर हुँदै जाने विश्वास गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑