• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रपतिलाई भेटेपछि बैठक बोलाउन कसरी तयार भए ओली ?

  • वीरगंज संजाल
  • ४ असार २०७७, बिहीबार १५:०९
  • २२६१

    काठमाडौँ । अन्ततः लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाउने निधो गरेको छ । शीर्ष नेताहरूको तीन दिनको गृहकार्यपछि आगामी असार १० गते ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठक बालुवाटारमै बस्ने सूचना स्थायी समिति सदस्यलाई पठाइएको छ ।

    नेताहरुका अनुसार बैठकको मूल एजेन्डा एमसीसी रहनेछ । यद्यपि आधिकारिक रूपमा बैठकका एजेन्डा भने तय भइसकेको छैन ।  यसअघि बैठक बोलाउँदा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई एजेन्डा तय गर्ने जिम्मेवारी दिइएको थियो । तर अघिल्लो २ पटक बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो ।

    गत वैशाख १० गते २० जना सदस्यले स्थायी समिति बैठकको माग गर्दै अध्यक्षलाई पत्र नै लेखेका थिए । उनीहरुले विधानतः प्रत्येक ३ महिनामा बोलाउनुपर्ने बैठक नबोलाएर विधानकै अवमुल्यन गरेको भन्दै त्यसबेला सरकारले ल्याएको विधेयक र सरकारको समीक्षा गर्न जरुरी भएको भन्दै बैठकको माग गरेका थिए ।

    नेताहरुको माग बमोजिम वैशाख २५ गते बोलाइएको बैठक स्थगित भएपछि पुनः ३१ गते बोलाइएको बैठक पनि स्थगित हुन पुगेको थियो । पटक पटक बैठक स्थगित भएपछि नेतृत्वले बैठक नै राख्न नचाहेको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका थिए ।

    कसरी तयार भए ओली ?
    यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै अनिच्छाका कारण बैठक बस्न नसकेको नेताहरुले बताउँदै आएका थिए ।

    सरकारको नीति तथा कार्यक्रम, बजेट, कोरोना महामारी नियन्त्रण लगायतमा पार्टीले निभाउनुपर्ने भूमिका जस्ता विषयमा पार्टीभित्र कुनै छलफल नै नगरी सरकार एकतर्फी अघि बढेको ओलीमाथि आरोप लाग्ने गरेको थियो ।
    यही बीचमा सरकारले नयाँ अद्यावधिक नक्सा सार्वजनिक गर्दै सो नक्सालाई वैधानिकता दिन संविधान संशोधन पनि भइसकेको छ ।

    अहिले नेकपामा अमेरिकी अनुदान एमसीसीबारे बहस भइरहेको छ । उक्त अनुदान यही असार १६ गतेभित्र संसदबाट अनुमोदन गराउनुपर्ने समय नजिकिएको छ । जबकि नेकपाभित्र एमसीसी यथावस्थामा स्वीकार गर्न नहुने मत बढी छ । यथावस्थमा एमसीसी पास गर्दा मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खलल पुग्ने भएकाले सम्झौताका केही बुँदा संशोधन गरेर मात्रै स्वीकार गर्नुपर्ने अध्यक्ष प्रचण्डसहितका नेताहरुको भनाइ छ । तर सरकार पक्ष यो कुरामा सहमत छैन । यहीँ विवादका कारण नेकपाका बैठक बस्न सकेको थिएनन् । तर पछिल्लो समय अध्यक्षद्वय ओली, प्रचण्ड र अन्य नेताहरु समेतको भेटवार्ता र छलफलपछि स्थायी कमिटी बैठक बोलाउने निधो भएको हो ।

    लगातार तीन दिनको गृहकार्य 
    असार १० गते स्थायी समिति बैठक बोलाउने टुङ्गो लाग्नुअघि नेताहरुबीच लगातार भेटवार्ता र छलफल भएका छन् । सोमबार, मङ्गलबार र बुधबारको भेटघाट र छलफलपछि मात्रै असार १० मा स्थायी समिति बैठक बस्ने टुङ्गो लागेको हो ।

    त्यसक्रममा अध्यक्षद्वय ओली र प्रचण्डले सोमबार राति झण्डै २ घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट अर्थात मङ्गलबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच र बुधबार प्रचण्डसँग नेताहरु वामदेव गौतम, रामबहादुर थापा बादल र सभामुख अग्नि सापकोटा र प्रचण्डले प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि मात्रै स्थायी कमिटी बैठक बस्ने तय गरिएको हो । एक नेताले लामो समय पार्टी बैठक बोलाउन नसक्नु र राष्ट्रपतिलाई भेटेपछि मात्रै मिति तय हुनुले नेताहरुको निर्णय क्षमतामै प्रश्न गर्नुपर्ने बेला आएको बताए ।

    ‘हाम्रा नेता र उहाँहरुको निर्णय क्षमता कस्तो छ ? केही निर्णय गर्नुपर्यो भने राष्ट्रपति साक्षी राख्नैपर्ने ?’ ती नेताले राष्ट्रपतिलाई साक्षी राखेर निर्णय गर्दै जाने हो भने पार्टी पद्धति नै मासिन सक्ने भन्दै चिन्ता मिश्रित प्रश्न पनि गरे ।

    समस्या समाधान होला ?
    ढिलै भए पनि बैठक बोलाउनुलाई धेरै नेताहरुले सकारात्मक रुपमा लिएका छन् । पछिल्लो समय तय भएको बैठक पनि अघिल्ला पटक जस्तै अन्तिम समयमा आएर स्थगित हुने हो कि भन्ने उनीहरुमा चिन्ता पनि देखिएको छ ।

    ‘बैठक बोलाउनु सकारात्मक हो । तर फेरि पनि अन्तिम अवस्थामा स्थगित हुने हो कि भन्ने चिन्ता छ’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको भनाइ छ । उनले बैठकका एजेन्डा सचिवालयले तय गर्ने भए पनि आफूहरुले पहिलेदेखि नै उठाउँदै आएका विषयमा समेत छलफल हुनुपर्ने बताइन् । ‘छलफलका एजेन्डा तय होलान् तर हाम्रा एजेन्डा सबैलाई थाहा छ’, उनले रातोपाटीसँग भनिन्, ‘एमसीसी, सरकार र पार्टी सञ्चालन प्रक्रियाका बारेमा छलफल गर्नुपर्छ ।’

    अर्का स्थायी समिति सदस्य लिलामणि पोखरेल एमसीसीबारे बैठकमा गहन छलफल हुने भए पनि पार्टी बैठकले एमसीसी कुनै हालतमा पारित नगर्ने दाबी गर्छन् । ‘ढुक्क हुनुस्, पार्टीले कुनै हालतमा एमसीसी स्वीकार गर्दैन । हामी स्वीकार गर्न दिँदैनौँ’ पोखरेलको ठोकुवा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑