वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन् । यहाँ समुदायमा फैलिएको छैन’प्रधानमन्त्रीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए ।
‘बाहिरै संक्रमित हुन नदिने हामी जादु गर्नसक्छौ र ?’ उनको प्रश्न थियो । उनले कोरोना नियन्त्रणमा खर्च भएको दश अर्ब खर्च गर्न तल पठाएको भन्दै अहिले ‘कता गयो दश अर्व ?’ भन्नेहरुलाई सवै हिसावकिताव पारदर्शी हुने बताए । उनले यो देशमा भ्रष्टबाहेक कोही जन्मदैन भन्ने नियत नराख्न आग्रह गरे ।