• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    आत्महत्या गरेकी नायिका जिया खानकी आमाले सलमानमाथि लगाइन् संगीन आरोप

  • वीरगंज संजाल
  • ४ असार २०७७, बिहीबार ०९:३०
  • ३२८५

    बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड उद्योगमा नातावाद र पक्षपात विषयको चर्चा चुलिएको । सोसल मिडियामा केही बलिउड सेलिब्रिटीदेखि सर्वसाधारणले करण जोहार, आलिया भट्ट, सलमान खान र उनको परिवारका सदस्यमाथि निशाना साँधेका छन् । दिवंगत नायिका जिया खानकी आमाले पनि एउटा भिडियो सेयर गर्दै सुशान्तको निधनमा दुःख व्यक्त गरेकी छिन् । यस्तै उनले सलमानमाथि संगीन आरोपसमेत लगाएकी छिन् ।

    जिया खानकी आमा राबिया खान अमिनले एक भारतीय मिडियालाई लण्डनबाट एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनले भनेकी छिन्, ‘मेरो समवेदना सुशान्त सिंह राजपूतको परिवारप्रति छ । यो खबर हृदयविदारक छ । यो कुनै मजाक होइन । बलिउड अब ब्यूँझने र परिवर्तन हुनुपर्ने बेला आएको छ । बलिउडले जे गर्दै आएको छ, अब त्यस्तो गर्न बन्द गर्नुपर्छ । कसैको खुट्टा तान्नु पनि एकप्रकारको हत्या गर्नु जस्तै हो ।’

    राबियाले आफ्नो यो भिडियोमा सलमान खानमाथि संगीन आरोप लगाउँदै भनिन्, ‘अहिले जे भयो, त्यसले मलाई सन् २०१५ को याद दिलायो । त्यतिबेला म एक सिबिआई अधिकारीलाई भेट्न गएकी थिएँ । ती अधिकारीले मलाई केहि महत्वपूर्ण प्रमाण भेटिएको भन्दै लण्डनबाट बोलाएका थिए । त्यहाँ पुग्दा उनले आफूलाई सलमान खानको फोन आउने गरेको बताए । सलमानले उनीसँग पैसाको कुरा गरेको पनि सिबिआई अधिकारीले मलाई बताए । सलमानले सिबिआइलाई ती केटासँग सोधपुछ नगर्न भनेछन् । सिबिआईले मलाई ‘त्यो केटालाई नछुन भनेका छन्, अब भन्नुहोस् म्याडम, के गरौं’ भनेर सोधेका थिए ।’

    राबियाले थपिन्, ‘सिबिआई अधिकारी पनि यस्ता कुराबाट चिन्तित भएको देखिन्थे । त्यसपछि मैले यो मुद्दालाई दिल्लीको उच्चाधिकारीसम्म पुर्याएँ । यदि तपाईं पैसा र पावरबाट अनुसन्धानलाई प्रभावित पारिरहनुभएको छ भने मलाई थाहा छैन एक नागरिकको रुपमा हामी कुन दिशामा गइरहेका छौं ।  म यो मात्र भन्न चाहन्छु कि अब जाग्ने बेला आएको छ, लड्नुहोस्, बलिउडको यो विषालु व्यवहार समाप्त गर्नुहोस् ।’

    स्मरण रहोस्, सन् २०१३ जून ३ मा जिया खानले २५ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । जियाको मृत्युको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीमाथि जियालाई मृत्युका लागि उक्साएको आरोप लाग्यो । यो मामिलामा सुरज पञ्चोलीलाई जेल सजाय पनि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑