• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शहीदनगरको क्वारेन्टिनमा बस्नेहरु भन्छन्– पशुसरह व्यवहार भयो

  • वीरगंज संजाल
  • ३ असार २०७७, बुधबार ०९:२८
  • २१२५

    जनकपुरधाम । ‘यहाँबाट घर गएर काम गर्न नपाए मेरो परिवार भोकै मर्छन् । यहाँ तीन साताभन्दा बढी दिनदेखि राखिएको छ । न त रिपोर्ट दिन्छन्, न त घर जान दिन्छन्,’ २२ दिनअघि भारतबाट आएका धनुषाको शहीद नगरपालिकाका जितेन्द्र माझी दुःखेसो सुनाउँछन् ।शहीद नगरपालिका ९ यदुकोहास्थित जनता एकाई माविको क्वारेन्टिनमा माझी २२ दिनदेखि बस्दै आएका छन् । ‘धेरै दुःखका साथ यहाँ दिन काटिरहेको छु । न त समयमा खाना आउँछ, न पानी आउँछ,’ उनी भन्छन्, ‘पानी माग्दा पनि फुटबललाई खुट्टाले हानेझैं पानीको बोतललाई खुट्टाले गुडाएर दिन्छन् ।’यो क्वारेन्टिनमा माझीसहित भारतको बिभिन्न ठाउँबाट आएका १ सय ९९ जना छन् । एउटै कोठामा १० देखि १५ जनालाई राखिएको छ । कोठा अपुग भएपछि विद्यालयको बरण्डामै डेस्क र बेन्च जोडेर सुत्ने व्यवस्था मिलाइएको छ ।

    ‘आफूहरुलाई पशुतुल्य व्यबहार गरिँदैछ,’ क्वारेन्टिनमा बस्दै आएका विजय कुमार यादवले भने, ‘विद्यालयमा २ वटा मात्रै शौचालय छ । दिसा गर्न घण्टौंसम्म पालो पर्खिनुपर्छ ।’भारतको गुजरातबाट फर्केर आएका मनोज दासले यहाँका केही साथी बिरामी हुँदा पनि कसैले वास्ता नगरेको बताए । ‘यहाँ बस्दै आएका दुई जनालाई झाडापखाला लाग्यो, क्वारेन्टिनमा खटिने व्यक्तिदेखि मेयरसम्मलाई फोन ग¥यौं, तर कसैले कुनै किसिमको ध्यान दिएन,’ मनोजले भने ।क्वारेन्टिनमा नुहाउने र कपडा धुने साबुन, तेल जस्ता सामग्री दिनुपर्नेमा नदिइएको उनीहरुको गुनासो छ । कपडा धुने र नुहाउने साबुन घरबाटै आइरहेको काशिन्द्र रामले बताए । उनले ट्युबबेल पनि दुई वटा मात्रै हुँदा नुहाउन पनि धेरै समस्या हुने गरेको सुनाए ।

    यो क्वारेन्टिनमा तीन साताभन्दा बढी समयदेखि उनीहरु बस्दै आएका छन् । बस्दै आएका १ सय ९९ मध्ये १ सय ४ जनाको स्वाब संकलन भएको छ । तर रिपोर्ट आइसकेको छैन । रिपोर्ट समयमा नआउँदा आफूहरुलाई समस्या भइरहेको उनीहरु बताउँछन् ।स्वाब संकलन नभएकाले व्यक्तिहरुले छिटो स्वाब संकलन गरिदिन माग गरिरहेका छन् भने स्वाब लिइसकेका व्यक्तिहरुले रिपोर्ट छिटो दिनुपर्ने माग राख्दै मेयरबिरुद्व नारावाजी गर्दै आएका छन् ।इलाका प्रहरी कार्यालय यदुकोहाका प्रमुख प्रहरी निरीक्षक दीपकबाबु केसीले भने, ‘रिपोर्ट छिटो माग्दै नाराबाजी गर्दै आउनु भएको थियो, हामी गएर सम्झाइबुझाइ गरेपछि उहाँहरु केही शान्त बन्नुभएको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑