• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको आइसिपीबाट लकडाउनमा भित्रिए २३ हजार मालवाहक गाडी

  • वीरगंज संजाल
  • ३ असार २०७७, बुधबार ०६:४०
  • ७४६५

    वीरगञ्ज  | दुवै देशमा लकडाउन भएको समयमा खाद्यान्नलगायतका सामग्री लिएर भारतबाट २२ हजार ९९३ वटा मालवाहक गाडी नेपाल भित्रिएको छ। उक्त मालवाहक गाडी वीरगञ्जस्थित नेपाल भारत संयुक्त भन्सार चौकी (आइसिपी)बाट मात्र भित्रिएका हुन्।  चालु आर्थिक वर्षको ११ महिनामा भने वीरगञ्जमा रहेको मुलुककै पहिलो आइसीपीबाट एक लाख ३८ हजार ५७ वटा मालवाहक सवारी नेपाल भित्रिएको इन्टरमोडल यातायात विकास समिति आइसिपीको तथ्यांकमा उल्लेख छ। यो अवधिमा नेपालबाट भने १५ हजार ७५५ वटा मात्र मालवाहक गाडी आइसिपी भएर बाहिरिएको छ।  व्यापार घाटाको सिद्धान्तअनुसार समीक्षा गर्दा यो निक्कै डरलाग्दो अवस्था रहेको इन्टरमोडल यातायात विकास समिति आइसिपीका प्रमुख कमल ज्ञवालीले बताउँछन्। यताबाट माल वस्तु लिएर गएकाभन्दा उताबाट मालवस्तु भरिएका मालवाहक सवारी एक लाख २२ हजार ३०२ वटा बढी आएको तथ्यांकले देखाएको छ।

    नराम्रो संकेत भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालबस्तु बोकेर मुलुकको एउटा नाकाबाट मात्र यत्रो अन्तरमा मालबस्तु लिएका मालवाहक गाडी भित्रिनु राम्रो संकेत होइन। त्यसमा पनि खाद्यान्नसहितका सामान बाहिरी मुलुकबाट कृषि प्रधान देशमा आयात हुने कुरा झनै नराम्रो भएको स्थानीय बुद्धिजिवीहरु बताउँछन्।  ३०–३५ वर्षअघि भने खाद्यान्नलगायतका सामग्री वीरगञ्ज नाकाबाट भारततर्फ निर्यात हुने गरेको थियो। डा. विश्वम्भर शर्मा भन्छन्, ‘तीन दशक पहिले यही वीरगञ्ज नाकाबाट धान चामललगायत खाद्य सामग्री निर्यात हुन्थ्थे। अहलिे भने उल्टो भएको छ।’ गत आर्थिक वर्षमा वीरगञ्ज आइसिपीबाट एक लाख ५८ हजार १९१ वटा मालवाहक गाडी नेपाल भित्रिएका थिए। नेपालतर्फ आइसिपी सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी वहन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिको गत वर्षको तथ्यांकअनुसार नेपालतर्फबाट भने जम्मा १५ हजार १३५ वटा मात्र भर्ती मालवाहक गाडी भारततर्फ गएको थियो।

    केही सुधार आइसिपीबाट हुने भर्ती मालवाहक गाडी आवागमनकोे तथ्यांकअनुसार नेपालका लागि चालु आर्थिक वर्ष थोरै सकारात्मक देखिएको छ। यो भनेको गत आर्थिक वर्ष भर्ती मालवाहक गाडी बाहिरिएको भन्दा चालु आर्थिक वर्षको ११ महिनामा नै ६२० वटा बढी मालवाहक गाडी आइसिपी भएर बाहिरीको तथ्यांकले देखाएको छ।  गत आर्थिक वर्ष १५ हजार १३५ वटा मालवाहक गाडी मालबस्तु लिएर आइसिपीबाट बाहिरिएको तथ्यांक छ। आइसिपीबाट करिब ६५ प्रतिशत सामान  भित्रिँदै साविकको वीरगञ्ज भन्सार कार्यालयबाट भित्रिने मालवाहक गाडीमध्ये आइसिपी सञ्चालनमा आएपछि ६०÷६५ प्रतिशत आयात वीरगञ्जको सिर्सियामा रहेको आइसिपीबाट भइरहेको छ। साविकको वीरगञ्ज भन्सार नाकाबाट ३५ प्रतिशत जति मात्र ढुवानी भइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलप्रसाद साहले बताए।  आइसिपी र वीरगञ्ज भन्सार कार्यालय एउटै हो। साविकको वीरगञ्ज नाका साँघुरो भएर नेपाल सरकार र भारत सरकार दुवैले साविकका नाकाभन्दा पश्चिममा आइसिपी बनाएर त्यहीबाट मालबस्तु आयात निर्यात गरिरहेको सूचना अधिकारी साहले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑