Birgunj sanjal | मेयर पदका उम्मेदवारहरू | Birgunj sanjal | पार्टी चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | राजेशमान सिंह | ![]() | छाता | 33919 |
![]() | विजयकुमार सरावगी | ![]() | सुर्य | 17808 |
![]() | गिरीश गिरी | ![]() | हलो | 2389 |
Birgunj sanjal | उपप्रमुख पदका उम्मेदवारहरू | Birgunj sanjal | चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | इम्तियाज आलम | ![]() | गाछी | 20784 |
![]() | पुरुषोतमलाल झा | ![]() | साइकल | 4792 |
![]() | बिना जैसबाल | ![]() | हलो | 3699 |
![]() | रम्भा मिश्रा | ![]() | गुलाफ | 2752 |
विराटनगर । प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन ।आइतबार विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालमा उपचारत ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।प्रदेश १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ सय ८१ पुगेको छ ।