• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

  • वीरगंज संजाल
  • २ असार २०७७, मंगलवार ०६:३९
  • ३४४१

    एजेन्सी । हालैको नयाँ अध्ययनपछि पुनः एकपटक मास्क नै कोरोना संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने सबैभन्दा उपयुक्त तरिका भएको पुष्टि भएको छ ।  टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले इटली र न्युयोर्कमा मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेका हुन् ।जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको सङ्ख्यामा कमी आएको बिहीबार नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।  यसमा खोजकर्ताहरुले गरेको हिसाब अनुसार मास्क लगाउनुले मात्र इटलीमा अप्रिल ६ देखि मे ९ का बीच ७८ हजार संक्रमण थपिनबाट जोगाएको छ भने उता न्युयोर्कमा पनि अप्रिल १७ देखि मे ९ का बीच ६६ हजार नयाँ संक्रमण हुनबाट बचाउन सकेको बताइएको छ ।

    यसमा लेखिएको छ, “सार्वजानिक स्थलमा ‘फेस मास्क’ लगाउनु नै मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको छ । यसपछि सामाजिक दुरी, क्वारेन्टिन अनि कन्ट्याक्ट ट्रेसिङले पनि खोप निर्माण हुनु अगाडि कोभिड–१९ नियन्त्रणमा मुख्य भूमिका खेलिरहेका छन् ।” यसमा अध्ययनकर्ताहरुले संक्रमणको दर कम गर्न अपनाइएका विभिन्न नीतिहरुको प्रभावकारीता जाँच गरेका हुन् र भाइरस मुख्यगरी कसरी फैलिरहेको छ भनेर पनि रिसर्च गरेका हुन् ।यस्तोमा भाइरस सबैभन्दा बढी मान्छेले खोकेर वा हाँक्ष्यु गर्दा सीधै अर्को व्यक्तिमा सर्ने गरेको अनि त्यसैगरी विभिन्न वस्तुहरुमा तिनै संक्रमित बिरामीको थुकका छिटा पर्दा त्यही सतहलाई अर्को स्वस्थ मान्छेले छुने गर्नाले पनि संक्रमण छिटै फैलने गरेको पाइएको हो । यसबारे स्पष्ट पत्ता लगाउन उनीहरुले कोभिड–१९ को एपिसेन्टर वुहान, चीन, इटली र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरेका हुन् ।

    यसमा मास्क लगाउनुले हावाबाट हुने संक्रमण र सिधा सम्पर्कबाट भाइरस सर्न जोगाउने हुनाले नै सबैभन्दा उचित तरिका साबित भएको हो ।  त्यस्तै सामाजिक दुरीकरण, क्वारेन्टिन र आइसोलेसनले अर्को व्यक्तिसँग सम्पर्कमा आउन नदिने हुँदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताइएको छ ।अध्ययनका अनुसार प्यान्डेमिकको सुरुवातमा चीनको विपरित, पश्चिमी राष्ट्रहरुमा मास्कको लोकप्रियता अत्यन्तै कम थियो । तर बिस्तारै बाँकी दुनियाँले पनि यसको बानी पारेपछि भने मास्कले वास्तवमै कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पुष्टि भएको हो । – सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑