• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफैँले मागेको रकम लान सकेनन् पर्साका स्थानीय तहले

  • वीरगंज संजाल
  • १ असार २०७७, सोमबार १४:५८
  • २८४५

    पर्सा | केन्द्रले उपेक्षा गरी बजेट दिएन भनी प्रदेश २ का सांसदले सदनमा आवाज उठाइरहेको समयमा पर्साका स्थानीय तहहरूले भने आफैँले माग गरेको रकमसमेत निकासा लान नसकेको पाइएको छ। जिल्लामा विकास निर्माणका लागि आफैँ माग गरेको वित्तीय समानिकरण र सशर्त अनुदानको रकमसमेत पर्साका स्थानीय तहहरुले लान नसकेकेको पाइएको हो। निकासा लगेको रकमबाट पनि विकास निर्माणका कामभन्दा आसेपासे र कार्यकर्ता तथा आफन्तलाई बढि खर्चिने गरेको स्थानीयको आरोप छ। तथापि पर्सामा रहेका १४ वटा स्थानीय तहहरुले जेठ महिना बितिसक्दा पनि अझै १ अर्ब ७३ लाख १८ हजार ७ सय ५० रुपैयाँ निकासा नै लान नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) पर्साको तथ्यांकमा भेटिएको छ।

    वित्तीय समानीकरण तर्फको रकम फ्रिज नहुने भए पनि फ्रिज हुने सशर्त अनुदान तर्फको विकास तर्फको रकमसमेत सबै स्थानीय तहले लगि नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख लक्ष्मीप्रसाद पौडेलले बताए। खर्चको फाँटवारी नआएसम्म थप निकासा नहुने वित्तीय समानिकरण र सशर्त अनुदान रकमतर्फ केन्द्र सरकारले उपलब्ध गराएको कुल ४ अर्ब २१ करोड ७६ लाख १५ हजार र प्रदेश सरकारले उपलब्ध गराएको ३ अर्ब ३८ करोड १० लाख ४६ हजार २ सय ५० मा अझै १ अर्ब ७३ करोड १८ लाख ७ सय ५० रुपैयाँ स्थानीय तहहरुले निकासा लान सकेका छैनन्। ‘पहिले लगेको खर्चको फाँटवारी नआएसम्म थप रकम निकासा गर्न सकिन्न’ प्रमुख कोष नियन्त्रकसमेत रहेका कोलेनिकाका प्रमुख पौडेलले भने। कुनै कुनै स्थानीय तहले खर्चको फाँटवारी लिएर आए आर्थिक बर्षको अन्तिम महिना अब उपद्रो गए ४०⁄५० करोडसम्म रकम निकासा होला।

    त्यसमा पनि पहिले लगेको सबै रकम खर्च गर्न नसकी ८⁄१० करोड जति फिर्ता पनि आउला। त्यसो हुँदा लाने खर्च गरिसक्ने र खर्चको फाँटवारी बुझाएर थप लाने कुरामा सबै रकम निकासा हुने सम्भावना नदेखिएको उनले तर्क गरे। आर्थिक वर्षको अन्त्यमा निकासा लगेका स्थानीय तहहरूले पनि पछि खर्च गरी नसकेपछि फिर्ता ल्याउने चलन साविकमा पनि थियो।  बढी निकासा लानेमा वीरगन्ज महानगर  प्रदेश दुईकै एक मात्र महानगरका रुपमा रहेको वीरगन्ज महानगरस्थानीय तहले सबैभन्दा बढी केन्द्र र प्रदेश सरकारसँग सशर्त अनुदान माग गरेको देखिन्छ। उसको लागि संघबाट विनियोजित १ अर्ब २० करोड ८६ लाख ५७ हजारमा जम्मा ८० करोड ६४ लाख १७ हजार निकासा लगेको छ। प्रदेशतर्फको ६ करोड ४५ लाख ७३ हजारमा पनि जम्मा २ करोड ४८ लाख २३ हजार मात्र निकासा लगेको छ। पर्साको दोस्रो सदरमुकामका रुपमा हेरिने पोखरिया नगरस्थानीय तहले पनि संघतर्फको २९ करोड १२ लाख ८३ हजारमा २० करोड ९१ लाख ६ हजार २ सय ५० र प्रदेश २ करोड ४१ लाख ६४ हजारमा ९६ लाख ६४ हजार मात्र निकासा लगेको छ।

    त्यसैगरी दोस्रो बढी रकम माग गर्ने स्थानीय तहहरूमध्ये पर्साको बहदुरमाई नगरस्थानीय तहले संघतर्फबाट विनियोजित ३० करोड ६३ लाख ८९ हजारमा, २७ करोड ७७ लाख ३२ हजार र प्रदेश तर्फको २ करोड ४३ लाख ७७ मा, ९८ लाख ७७ हजार निकासा लगेको छ। संघ र प्रदेश तर्फको रकम कुन स्थानीय तहले कति लगे?  केन्द्र र प्रदेशतर्फको वित्तीय समानिकरण तथा सशर्त अनुदान रकम सबैभन्दा बढी माग गर्ने र लिने वीरगन्ज महानगरस्थानीय तह रहेको तथ्यांकले देखाएको छ। त्यसैगरी सबैभन्दा कम रकम माग गर्ने र निकासा लिने पर्साका स्थानीय तहहरुमा धोविनी गाउँस्थानीय तह पुछारमा परेको देखिन्छ। संघ (केन्द्र) तर्फको सबैभन्दा कम रकम माग गर्ने धोविनी गाउँस्थानीय तह देखिए पनि निकासा लान नसक्ने र आन्तरिक किचलो र भागबण्डामा चाँडो कुरा मिलाउन नसक्ने पर्साका स्थानीय तहहरु मध्ये पकाहामैनपुर गाउँस्थानीय तह अझ पुच्छारमा दरिएको छ। उसले संघतर्फ माग गरेको १२ करोड ७० लाख ६४ हजार २ सय ५० मात्र निकासा लिन सकेको तथ्याँकले देखाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑