अर्घाखाँचीमा थप ३ जना पुरूषमा कोरोना पुष्टि भएको छ । यो सगै अर्घाखाँचीमा कोरोना सक्रमितको संख्या ४१ पुगेको छ । भुमिकास्थान नगरपालीकाको वडा नम्बर ६ र ७ वडाका २० , ३५, ३५ बर्षिय पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका बरिस्ठ अधिकृत पुष्पा थापामगरले जानकारी दिईन् ।नगरपालीकाको ६ नम्बर वडाको जनचेतना आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका २ जना र वडा नम्बर ७ को नुवाकोट माबिको क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना पुष्टि भएको भुमिकास्थान नगरपालीकाका स्वास्थ्य प्रमुख हरि प्रसाद पन्थीले बताए । उनी भारतबाट जेठको पहिलो हप्ता नेपाल आएका थिए ।
स्थानियतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी जाँच गर्दा पोजेटिभ आएपछि उनिहरूको पिसिआर परिक्षणका लागी स्वाबको नमुना संकलन गरि भरतपुरको पशुपन्छी कार्यालयमा रहेको कोभिड १९ परिक्षण ल्यावमा पठाईएको थियो ।स्वाब पठाएको लामोसमय पछि रिपोर्ट आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सोमबार बिहान भरतपुर बाट आएको पिसिआर रिपोर्टमा ३ जनाको पोजेटिभ र अन्य ११८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । यो सगै अर्घाखाँचीमा संक्रमितको संख्या ४१ पुगेको हो । सक्रमित पुरूषलाई वडा नम्बर ९ मा रहेको शारदा माबिमा आईसोलेसन निर्माण गरि ल्याएर राखिने जनाईएको छ ।
आईसोलेसन बनाउने काम बिहान बाट सुरू भएको नगर स्वास्थ्य प्रमुख पन्थीले बताए ।भुमिकास्थान नगरपालीकाको पहिलो लडमा पिसिआरको नमुना संकलन गरि पठाईएको मध्ये १२१ जनाको रिपोर्ट आएको छ । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।