वीरगंज | विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा धेरै २० लाख ९३ हजार ८४८ जना संक्रमित फेला परेका छन्। त्यहाँ हालसम्म एक लाख १५ हजार ७३० जना संक्रमितले ज्यान गुमाएका छन्। नेपालको दक्षिणी छिमेकी देश भारतमा तीन लाख २० हजार ९२२ जना संक्रमित भेटिएका छन् भने नौ हजार १९५ जनाको मृत्यु भएको छ। अहिलेसम्म विश्वभर भेटिएका करिब ४१ लाख संक्रमितहरू उपचारपछि निको भइसकेका छन्।
फ्रान्सले आजदेखि सीमा खोल्दै कोरोना महामारी रोकथाम गर्न बन्द गरेको सीमा फ्रान्सले आजदेखि खोज्दैछ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मुलुकबाट लकडाउन हटाउने योजना सार्वजनिक गरेका हुन्। तीन महिनासम्म लगाइएको लकडाउन हटाई अब देशको अर्थतन्त्र अघि बढाउनुपर्ने उनले बताएका छन्। आजदेखि युरोपेली संघअन्तर्गतको सेन्जेन जोनका छिमेकी देशहरूका लागि देशको सीमा खुला गर्ने उनले बताए। अमेरिकाले तत्काल विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन नसक्ने विदेश यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउन हतार नगर्न अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थनी फाउचीले चेतावनी दिएका छन्। देशमा कोरोना महामारी संक्रमण फैलन नरोकिएकाले विदेशयात्रामा लगाइएको प्रतिबन्ध तत्काल हटाउन नसकिने उनले बताएका हुन्।
अमेरिकामा लकडाउन खुकुलो बनाउँदा महामारीको दोस्रो लहर पैदा हुने चेतावनी दिइएको छ। लकडाउन हटाएपछि अहिले अमेरिकाका कैयौं शहरमा संक्रमण तीव्र गतिमा फैलिएको छ। ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४३ हजार नाघ्यो ब्राजिलमा कोरोना संक्रमितको मृत्युदर निकै तीव्र गतिमा बढिरहेको छ। अहिलेसम्म त्यहाँ ४३ हजार ३३२ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट अतिप्रभावित मुलुकको सूचीमा ब्राजिल अहिले दोस्रो स्थानमा छ। अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि सोहीअनुसार छ।