• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सुदूरपश्चिम : झण्डै २ लाख भारतबाट आए, ८ हजार मात्र पीसीआर टेस्ट

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार २२:३७
  • २८१३

    कैलाली । गत चैत १४ गते दुबईबाट आएका धनगढीका युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानियो । काठमाडौं उपत्यकाबाहिर कोभिड– १९ को पहिलो केस नै त्यही थियो ।२२ चैतमा उनको भाउजूमा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । उनीबाहेक भारतबाट आएका दुई जनामा पनि संक्रमण पुष्टि भएपछि धेरैले अनुमान गरे–सुदूरपश्चिम प्रदेश ‘हटस्पट’ बन्नेछ ।भारतबाट फर्किनेहरुको संख्या ठूलो भएकाले पनि ‘हटस्पट’ बन्ने आशंका बढाएको थियो । तर अहिले कोरोना संक्रमितको संख्या अन्य प्रदेशमा भन्दा सुदूरपश्चिममा कम छ ।

    संक्रमित नभएको हो कि टेष्ट कम ?

    ५ जेठयता सुदूरपश्चिमका चारवटा सीमा नाकाबाट १ लाख ५ हजार बढी नागरिक भित्रिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । २३ फागुनयताको संख्या जोड्ने हो भने दुई लाख ६५ हजार बढी हुन आउँछ ।उनीहरुमध्ये झण्डै २ लाख सुदूरपश्चिम प्रदेशकै हुन् । अहिले पनि प्रदेशका ९ जिल्लाका स्थानीय तहहरुको क्वारेन्टिनमा ६१ हजार ५७३ जना बसिरहेका छन् ।तर अहिलेसम्म पीसीआर टेष्ट भने हालसम्म आठ हजार ६७८ जनाको मात्र भएको छ । रिर्पाेट आएकामध्ये २५२ जना संक्रमित छन् । स्वाब संकलन गरेर पठाइएका मध्ये एक हजार ८८६ जनाको रिपोर्ट आउँन बाँकी छ ।

    ‘क्वारेन्टाइनमा धेरै मानिस छन्, उनीहरु सबैको परीक्षण गर्न सक्ने अवस्था छैन’, प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्र भन्छन्, ‘परीक्षण नै कम हुँदा सबै संक्रमित पहिचान नभएको हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था छ ।’

    उनकाअनुसार क्वारेन्टिनमा बसेकाहरुको पीसीआर त धेरै पर, आरडीटीसमेत टेष्ट गर्न छाडिएको छ । डा. मिश्र भन्छन्, ‘सबैलाई सम्भव नभएकाले लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने, अरूलाई १४ दिन क्वारेन्टिनमा राखेर घर पठाउने नीति छ ।’ जबकी पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको परीक्षणसम्बन्धी प्रोटोकल, जसको विज्ञहरुले आलोचना गरेका छन्, त्यसमा पनि लक्षण नभएकाहरुलाई आरडीटी गर्नुपर्ने उल्लेख छ ।

    जनस्वास्थ्यका विज्ञहरुले भने लक्षिण नदेखिएको भन्दै विना परीक्षण घर पठाउँदा गाउँगाउँमा कोरोना भाइरस फैलिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

    एकातिर संकलन गरिएका स्वाबको रिपोर्ट समयमा नआउने र क्वारेन्टिनको नियम पालना नहुने, अर्कातिर परीक्षण नै नगरी घर पठाउँदा संक्रमण फैलने खतरा बढेको सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर बताउँछन् ।

    त्यस्तो हुन्न, टेष्ट गर्छौं : मन्त्री

    प्रादेशिक स्वास्थ्य निर्देशनालयले १४ दिन क्वारेन्टिनमा बसेकाहरुमा लक्षण देखिएन भने परीक्षण नगरी घर पठाउने निर्देशनप्रति प्रदेश सरकारले चासो देखाएको छ ।

    सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीकाअनुसार उनले निर्देशक गुणराज अवस्थीलाई यसबारे सोधेका थिए । ‘उहाँले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नै यस्तेा गरेको हुँ भन्नुभएको छ’ उनले भने, ‘तर मैले हुन्न भनेको छु ।’

    आफूले आइतबार मात्र सबै जिल्लामा गरी ३४ हजार आरडीटी किट पठाएको उनले बताए । आरडीटी पोजेटिभ आएकाहरुको पीसीआर गर्ने र अरुलाई ७ दिन होम क्वारेन्टिनमा राख्ने भन्दै उनले, ‘हामी सबैलाई टेष्ट गरेर मात्र घर पठाउँछौं । टेष्ट नगरी त जानुस् भने पनि कोही मान्ने वाला छैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑