• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालले भर्ना नलिँदा छटपटाउँदा छटपटाउँदै ज्यान गयो राजुको

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार १३:२२
  • २८६९

    रुपन्देही । क्वारेन्टाइनमा बस्दाबस्दै बिरामी भएका व्यक्तिको उपचार गर्न अस्पतालहरुले नमान्दा प्युठानका १८ वर्षीय युवकले घण्टौंसम्म छट्पटाएर ज्यान गुमाएको खुलेको छ । दाङको विकट बंगलाचुली गाउँपालिका-६ को क्वारेन्टिनमा तीन हप्तासम्म बसेका प्युठानको माण्डवी-४ का राजु कार्कीले उपचारको खोजीमा एकपछि अर्को अस्पतालमा भौंतारिदा ज्यान गुमाउन पुगेका हुन् ।

    हात-खुट्टा काँप्ने, नाक र मुखबाट रगत निस्कने समस्या देखिएपछि उनलाई गाउँपालिकाले एम्बुलेन्समा शुक्रबार साँझ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो । भारतको गोरखपुरबाट आएर राजुसँगै क्वारेन्टिनमै बसेका भीमबहादुर वलीले राति करिब १० बजे उनलाई अस्पताल पुर्‍याएका थिए । ‘शुरुमा चार-पाँच जना डाक्टरहरुले बाहिरै एकछिन हेर्नुभयो, क्वारेन्टिनमा बसेको कुरा थाहा पाउनुभयो, त्यसपछि यहाँ आइसोलेसन छैन, अन्त लैजानुस् भन्नुभयो,’ बिरामीसँगै अस्पताल गएका वलीले भने, ‘इमर्जेन्सीमा लगेर उपचार गर्नुपर्ने बिरामी रातभर फलामको बेन्चमा छट्पटाएर बस्नुपर्‍यो ।’

    बिरामी छट्पटाएको देखेर सहन नसकेपछि बिहान ४ बजेतिर आफू कराएपछि बल्ल स्वास्थ्यकर्मी आएर दुईवटा सुई लगाइदिएको र स्लाइन पानी चढाएको वलीले बताए । ‘रातको समयमा म एक्लै थिएँ, कतै लैजान सकिनँ, अस्पतालका डाक्टरले बिरामीलाई बचाउनुपर्छ भनेर उपचार गरेको भए ज्यान नजान सक्थ्यो,’ वलीले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘सुई र स्लाइन दिएपछि बिरामीमा बिहानपख केही सुधार पनि भएको थियो, शुरुमै बेडमा राखेर उपचार गरेको भए यस्तो हुन्थेन ।’

    अस्पतालले राति नै बिरामीलाई अन्त लैजानुस् भनेको तर एम्बुलेन्स भने नभएको जानकारी गराएको वलीले बताए । ‘गाउँपालिकाले पठाएको एम्बुलेन्स बिरामीलाई छाडेर फर्किसकेको थियो, अस्पतालले पनि छैन भन्यो,’ वलीले खुलाए ।

    जेठ ३१ गते बिहान प्रतिष्ठानकी एकजना डाक्टर आएर ‘राति नै लैजान भनेको अहिलेसम्म किन यहीँ राखेको,’ भन्दै दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पठाएको वलीले बताए । ७ बजेतिर बेलझुण्डी पुर्‍याउँदा अस्पतालले बिरामीको रिपोर्ट हेरेर यहाँ बेड खाली छैन भन्दै बुटवल वा नेपालगन्ज लैजान भनेको उनले जानकारी दिए । ‘त्यति बेलासम्म बिरामीको हालत झनै खराब भइसकेको थियो,’ वलीले भने, ‘अक्सिजनको मात्रा एकदमै कम (४६ प्रतिशत) भएको रहेछ, घोराहीमा अक्सिजन खोजेर बुटवल जान हिँड्यौं, तर कपिलवस्तुको चन्द्रौटाभन्दा केही पर पुग्दा राजुको ज्यान गयो ।’

    जेठ ११ गते भुटनेटाको क्वारेन्टिनमा बस्न आउंदा उनको स्वास्थ्यमा कुनै समस्या थिएन । त्यसअघि दुई दिनसम्म उनी वडा नंं. ७ को झेलनेटाको अर्को क्वारेन्टिनमा बसेका थिए । जेठ २१ गते मात्रै उनको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको ल्याबमा पठाइएको थियो । उनको पीसीआर रिपोर्ट उनको मृत्यु भएको केही घण्टापछि नेगेटिभ आएको थियो ।

    उक्त क्वारेन्टिनमा एक सय ३० जना रहेका र अझै ९९ जनाको रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । शुरुमा सोही क्वारेन्टिनमा बसेपछि अर्कै क्वारेन्टिनमा सरेका २ जनाको शनिबार पोजेटिभ रिपोर्ट आएको थियो ।

    युवकको उपचारबारे प्रतिक्रिया लिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवलाई पटक-पटक फोन सम्पर्क गर्दा र एसएमएस पठाउँदा समेत उनले कुनै रेस्पोन्स गरेनन् ।

    ‘बेड खाली हुँदाहुँदै उपचार गरिएन’

    प्युठानको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोखरेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीहरु गम्भीर अवस्थाको बिरामीको उपचार गर्नुको साटो पन्छिएकै कारण युवकले ज्यान गुमाउन पुगेको दावी गर्छन् ।

    बिरामीमा कोरोना संक्रमण नभएको अवस्थामा समेत चिकित्सकहरु आशंकाकै भरमा उपचार गर्नबाट तर्किंदा उपचार नपाएर अकालमै ज्यान जाने अवस्था आएको उनको ठहर छ । ‘अस्पतालमा बेड खाली हुँदाहुँदै र उपचार गर्ने पर्याप्त समय र जनशक्ति हुँदाहुँदै भर्ना नै नगरी रातभर बाहिर राखेकै कारण युवकको ज्यान गयो,’ पोखरेलले प्रश्न गरे, ‘कोरोना संक्रमण नभएका बिरामीको उपचारमा त अस्पतालहरु यसरी तर्किन्छन् भने संक्रमण भएकाको हकमा झन् के भइरहेको होला ?’

    प्रदेश सरकारले अस्पतालहरुको लापरवाहीप्रति आँखा चिम्लेको पोखरेल औंल्याउँछन् । कोरोना महामारी अन्त्य नहुँदासम्म अस्पतालहरुको चौबीसै घण्टा अनुगमन हुनुपर्ने र बिरामीको उपचारबाट पन्छिने संस्थाहरुलाई सख्त कारवाही हुनुपर्ने पोखरेलले बताए ।

    ‘तीन हप्तासम्म रिपोर्ट नआउनु लाजमर्दो ‘

    कार्कीले क्वारेन्टिनमा बस्न सजिलो हुन्छ भनेर आफ्नो ठेगाना प्युठानको साटो दाङको बंगलाचुली-६ बताएका थिए । ती युवक क्वारेन्टिनमा बसेको दाङको बंगलाचुली गाउँपालिकाका प्रमुख भक्तबहादुर वली क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन र पीसीआर परीक्षणको रिपोर्ट ढिलो हुँदा जटिल समस्या आएको औंल्याउँछन् । ‘क्वारेन्टिनमा बसेको तीन हप्तासम्म रिपोर्ट नआउँदा स्वस्थ मान्छे पनि बिरामी हुने र संक्रमण फैलिने डर भयो,’ गाउँपालिका प्रमुख वलीले भने, ‘स्वाब पठाएको बढीमा तीन दिनभित्र रिपोर्ट आउनुपर्छ अन्यथा स्वाब पठाएपछि संक्रमण हुन गई भित्रभित्रै फैलिएर भयावह अवस्था आउन सक्छ ।’

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जीसीले प्रयोगशालाले समयमै रिपोर्ट दिन नसक्दा नै क्वारेन्टिनमा बसेकाहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको औंल्याए । ‘प्रयोगशालाले केही दिन ग्याप गरेर मात्र स्वाब पठाउनुस्, परीक्षण गरेर रिपोर्ट दिने अवस्था छैन भन्छ,’ जीसीले भने, ‘क्वारेन्टिनमा बसेको दुई हप्तासम्म स्वाब संकलन गर्न सकिन्न, रिपोर्ट आउँदा तीन हप्ता पुगिसकेको हुन्छ ।’ प्रदेश वा संघीय सरकारले स्वाब संकलन र रिपोर्ट पाउने अवधि (दिन) नै तोकेर कडाइ नगर्ने हो भने क्वारेन्टिनहरुमा मान्छेको मृत्यु हुने क्रम झनै बढ्ने स्वास्थ्य शाखा प्रमुख जीसीको ठम्याइ छ ।

    प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारीलाई एक महिनाअघि नै ल्याब टेक्निसियन उपलब्ध गराइदिन अनुरेध गरे पनि बेवास्ता गरेको उनले गुनासो गरे । ‘भारतका कोरोना जोखिमयुक्त शहरबाट आएर एक हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा बसेका छन्, उनीहरुको बेलैमा स्वाब परीक्षण गर्नुपर्छ, अन्यथा पछि यस्तै अवस्था आउन सक्छ भनेर निर्देशनालयलाई भने पनि सुनेनन्,’ जीसीले भने, ‘समयमै स्वाब संकलन गरेर पठाउन पाएको भए रिपोर्ट पनि छिटो आउँथ्यो ।’

    रिपोर्ट छिटो आउँदा संक्रमण भए पनि आइसोलेसन सेन्टरमा राम्रो उपचार पाउँदा मनोबल उच्च भएर निको हुने र संक्रमण नभएकाहरु छिट्टै घर जान पाउने जीसी बताउँछन् । ‘समयमा रिपोर्ट दिन नसक्दा एकातिर अव्यवस्थित क्वारेन्टिनमा कोरोना नलागे पनि अरु रोग लागेर मर्नुपर्ने अवस्था आएको छ, अर्कोतिर झण्डै महिना दिनसम्म क्वारेन्टिनमा बसाल्नुपर्दा खर्च धानिनसक्नु भएको छ,’ जीसीले भने, ‘यस्तो लाजमर्दो अवस्थाको अन्त्य कसले, कहिले गर्ने हो ?’

    गाउँपालिकाले आफ्नै बजेटमा एक हजार थान भीटीएम किनेर ल्याए पनि मन्त्रालयले स्वाब संकलन गर्ने प्राविधिक जनशक्ति नदिँदा अर्थहीन भएको उनको गुनासो छ ।अन्लाईनखबर बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑