पर्सा | पर्सामा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमितहरु धारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको जनाइएको छ ।
थप १७ जना संक्रमित १७ जना मध्ये तीन जना महिला र १४ जना पुरूषहरू रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी गराएका हुन् । कोरोना संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष उमेरका रहेको जनाइएको छ ।