वीरगंज | शनिबार २ सय ७३ थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ। पछिल्लो समय सबैभन्दा बढी संक्रमित भेटिएको प्रदेशको सूचीमा प्रदेश २ पहिलो स्थानमा रहँदै आएको छ। मन्त्रालयका अनुसार प्रदेश २ मा १ हजार ९ सय ८७ जना संक्रमित छन्। जसमध्ये १ हजार ६ सय ४ जना आइसोलेसनमा छन् भने ३ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। तीन जनाको मृत्यु भएको छ। हाल १७ हजार २ सय ६१ ज्ना क्वारेन्टाइनमा छन्। दोस्रो सूचीमा प्रदेश ५ छ। त्यहाँ १ हजार ५ सय २० जना संक्रमित छन्। २ सय ७१ जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतकको संख्या ५ पुगेको छ। १ हजार २ सय ४४ जना आइसोलेसनमा र ३२ हजार ४ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
संक्रमितको संख्या ९ सय १२ पुगेसँगै कणार्ली प्रदेश मन्त्रालयको तेस्रो सूचीमा छ। ८ सय ८४ जना आइसोलेसनमा छन् भने २५ जना डिस्चार्ज भएका छन्। ३ जनाको मृत्यु भएको छ। २६ हजार ३ सय ६३ जनालाई मन्त्रालयले क्वारेन्टाइनमा राखेको छ। प्रदेश १ मा हालसम्म ३ सय ६४ संक्रमित भेटिएका छन्। जसमध्ये १ सय ८२ जना आइसोलेसनमा र १ सय ६४ डिस्र्चाज भएका छन्। कोरोनाको कारण यस प्रदेशमा हालसम्म कसैको मृत्यु भएको छैन। ४ हजार २ सय ८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा समान १ सय ९२ जना संक्रमित छन् र आइसोलेसनमा पनि समान १ सय ७७ जना छन्। गण्डकीमा १४ र सुदूरपश्चिमा १३ जना डिस्चार्ज भएका छन्। मृत्युको संख्या सुदूरपश्चिममा २ र गण्डकीमा १ रहेको मन्त्रालयले जनाएको छ। हाल सुदूरपश्चिममा ६१ हजार ५ सय ७३ क्वारेन्टाइनमा रहँदा गण्डकीमा ५ हजार ८ सय १६ जना क्वारेन्टाइनमा छन्। बागमती प्रदेशमा सबैभन्दा कम १ सय ८६ जना संक्रमित छन्। मृतकको संख्या ४ पुगेको छ। १ सय ३६ जना आइसोलेसनमा छन् भने ४६ जना डिस्चार्ज भएका छन्। हाल २ हजार ८ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।