मेयर पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
राजेशमान सिंह | छाता | जनता समाजवादी पार्टी, नेपाल | 13724 |
विजयकुमार सरावगी | सुर्य | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 6927 |
गिरीश गिरी | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 541 |
उपप्रमुख पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
इम्तियाज आलम | गाछी | नेपाली कांग्रेस | 8972 |
पुरुषोतमलाल झा | साइकल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | 1766 |
बिना जैसबाल | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 919 |
रम्भा मिश्रा | गुलाफ | स्वतन्त्र | 1175 |
दैलेख । दैलेखमा एकैपटक २२ जनाले कोरोना जितेका छन् । सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै घर फर्किएका हुन् । उनीहरुको दोस्रोपटक गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । कोरोना जित्नेमा जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक पनि रहेका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।
रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नं ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् । रेग्मीका अनुसार वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको स्थानीय स्रोत व्यक्ति रेग्मीले बताए । – रासस