वीरगञ्ज | नेपालको प्रतिनिधि सभाले नेपालको वास्तविक भूमि समेटेर संविधान संशोधन गरेको खुसीयालीमा पर्साको वीरगन्जमा दीपावली गरिएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक भूमि समेटिएको नक्सा नेपालको प्रतिनिधिसभाबाट आज शनिबार सर्वसम्मतले पारित भएको छ। यसकै यसकै खुसीयालीमा वीरगन्जको घण्टाघर चोकमा युवाले दीपावली गरेका हुन्। नेपाल सरकार र प्रतिनिधि सभाले गरेको यो कदम सह्रानीय भएको उनीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्।
दीपावली गर्न बनाइएको नेपालको नक्सा छेउमा युवाले मुलुकको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर पनि उल्लेख गरेका छन्। वीरगंजमा सत्तारुढ दलको भातृ संगठन अनेरास्ववीयू पर्सा र राष्ट्रिय युवा संघ नेपाल, पर्साको संयुक्त आयोजनामा वीरगंजको घण्टाघर चोकमा नयाँ नेपालको नक्सा बनाएर दीप प्रज्वलन गरिएको हो ।राष्ट्रिय युवा संघ नेपाल, पर्साका संयोजक महम्मद निजामुद्धिनको अध्यक्षतामा भइको दीप प्रज्वलन कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा,
नेकपा प्रदेश नम्बर २ का सदस्य बाबुराम कौशिक, बाबुराम थापा, नेता नवराज शर्मा, बसरुद्धिन अन्सारी, राजु रजक, श्याम गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जरा, प्रेस संगठनका बृजलाल पासवान, निरज पिठाकोठे, युवा संघका केन्द्रीय सदस्य अरुण यादव, ओमप्रकाश गुप्ता, प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम, रामबाबु यादव, मित्रदेव यादव, नितेश वर्णवाल लगायतको उपस्थिति रहेको थियो । दीप प्रज्वलन कार्यक्रमको सहजिकरण अखिलका नेता हेमन्त तामाङले गरेका थिए ।