गुल्मी | गुल्मीमा आरडिटी पोजेटिभ देखिएका युवा क्वारेन्टाइनबाटै भागेका छन्। जिल्लाको मुसिकोट नगरपालिका ५ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका वडा नं ४ का १९ वर्षका युवा भागेका मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए।
जेठ ९ गते भारतबाट आई क्वारेन्टाइनमा बसेका त्यी युवाको २९ गते आरडिटी पोजेटिभ आएको थियो। उनको असार १ गते स्वाब संकलन गर्ने योजना थियो। उनको खोजी कार्य जारी रहेको नगरपालिकाले जनाएको छ।