• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता पक्राउ

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७७, शनिबार २१:३६
  • ३४४५

    वीरगन्ज | कोरोना महामारीमा जनअपेक्षाअनुसार प्रदेश र केन्द्र सरकारको कार्य सम्पादन नगरेको भनी विरोधमा उत्रिएका नेविसंघका ६ नेता कार्यकर्ता पर्सामा पक्राउ परेका छन्। शनिबार मध्याह्न विरोधमा उत्रिएका नेविसंघ पर्साका अध्यक्षसहितका नेता कार्यकर्तालाई पक्राउ परेका हुन्। उनीहरुलाई ६ घण्टादेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष विकास तिवारीसहितका नेता कार्यकर्तालाई कुन प्रक्रिया अगाडि बढाउने भन्ने अझै आधा/एक घण्टापछि मात्र थाहा हुने पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए।

    पक्राउ परेका नेता कार्यकर्ता जिल्ला अध्यक्ष तिवारी, उपाध्यक्ष शेष हजारा, नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष मनोज साह, जिल्ला सहसचिव रमेश यादव, पूर्वप्रदेश समिति सदस्य अभय कर्ण र श्याम गुप्ता रहेका प्रहरीले जनाएको छ।  उनीहरुलगायत नेता कार्यकर्ताले लकडाउनमा कोरोना संक्रमण फैलन सक्ने गरी नाराजुलुस गरेकोले नियन्त्रणमा लिएको पर्सा प्रहरीको दाबी छ।

    यता पक्राउ परेका नेता कार्यकर्ताले भने पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, सरकारले गरेका खर्चको पारदर्शिता गरिनुपर्ने र कोरोना संक्रमणको गढ देखिएको क्वारेन्टाइनमा भएका नेपालीको अविलम्ब स्वास्थ्य परीक्षण गरी ढुक्क हुने वातावरण सिर्जना गर्न दबाबस्वरुप प्रदर्शन गरिएको जनाएका छन्।  पर्सा प्रहरीले भने पक्राउ परेका विद्यार्थी नेता कार्यकर्तालाई क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेको हल्ला बाहिर आए पनि अहिले नै कुनै ठोस निर्णय भइनसकेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए।  स्थानीयले भने पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता क्वारेन्टाइनमा राखिने हो भने उनीहरुलाई नियन्त्रणमा लिने प्रहरीहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑