• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘मान्छे खाने’ क्वारेन्टाइन

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७७, शनिबार १५:३८
  • २४४५

    सुर्खेत | कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टाइनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टाइनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टाइनमै ज्यान गयो।नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टाइन बनाएको छ। आफन्तलाई संक्रमण हुने त्रास र आफ्नो ज्यान जोगाउन रामसिंह त्यहाँ बस्न सहमत भएका थिए। तर, जेठ २३ गते क्वारेन्टाइनमै उनको ज्यान गयो। बर्दियाबाट फर्किंदै गरेका उनी घर पुग्नै पाएनन्।कर्णालीमा क्वारेन्टाइनको व्यवस्थापन नहुँदा त्यहाँ बसेका व्यक्तिको ज्यानै जान थालेको छ। रोगबाट जोगाउन र सुरक्षित राख्न बनाइएका अधिकांश क्वारेन्टाइनले नै ‘मान्छे खान’ अर्थात् ज्यान लिन थालेका हुन्।

    भारतबाट फर्किएका दैलेख दुल्लुका कर्णबहादुर थापा पनि घर पुग्न पाएनन्। नगरपालिकाले बनाएको क्वारेन्टाइनमै जेठ १७ गते उनको मृत्यु भयो। क्वारेन्टाइनमै थुनेर राखिएको र उपचार तथा खानपानमा बेवास्ता गरिएपछि अकालमै उनको ज्यान गएको आफन्तको भनाइ छ।मजदुरीका लागि भारत गएका नेपाली धमाधम स्वदेश फर्किएका छन्। उनीहरूको चाप थेग्न नसक्दा क्वारेन्टाइन व्यवस्थापन गर्न नसकिएको चन्दननाथ–८ का वडाध्यक्ष रन्जित परियारले बताए। बाहिरबाट भित्रिने नागरिक धेरै भएपछि अधिकांश स्थानीय तहले त्रिपाल, स्कुल, खाली रहेका भवन र ओडारलाई क्वारेन्टाइन बनाएका छन्।

    व्यवस्थापन, खानपान, स्वास्थ्य परीक्षण र उपचारमा लापरवाही हुँदा क्वारेन्टाइन असुरक्षित देखिएका छन्। जाजरकोटमा त बाहिरबाट आउने स्थानीयलाई ओडारमा राखिएको छ। यसले त्यहाँ बस्नेहरू थप असुरक्षित बनेका छन्। क्वारेन्टाइनमा आवश्यक रेखदेख र स्वास्थ्य परीक्षणमा लापरवाही हुँदा सुर्खेतमा पनि एक युवाले ज्यान गुमाए। पञ्चपुरी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका उनको क्वारेन्टाइनबाट घर पठाएकै दिन मृत्यु भयो। मृतकका आफन्त भन्छन्, ‘रोगबाट बचाउन बनाएको भन्छन्, बजेट पनि खर्च गरेका छन्। तर, त्यस्ता मान्छे खाने क्वारेन्टाइन बनाउनेलाई कसले कारबाही गर्ने ? क्वारेन्टाइन भन्ने मात्र हुन्, मान्छेका काल बनेका छन्।’

    कालिकोटमा पनि क्वारेन्टाइनबाट बिहीबार मात्रै घर पठाइएका नरहरिनाथ गाउँपालिका–१ का काले विष्टको बाटोमै ज्यान गएको छ। उनी शुक्रबार बाटोमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए। क्वारेन्टाइनबाट उचित व्यवस्थान नगरी घर पठाइँदा उनले आँगन टेक्नै पाएनन्।गाउँमा निर्माण भएका क्वारेन्टाइन मापदण्डअनुरूपका छैनन्। सुर्खेतकै बराहताल गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका एक व्यक्तिलाई जेठ २७ मा सर्पले डस्यो। समयमै उपचार पाउँदा उनको ज्यान भने जोगियो। क्वारेन्टाइन सुधारतर्फ कसैको ध्यान पुगेको छैन। सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा २७ हजार नागरिक क्वारेन्टाइनमा छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑