काठमाडौं |संघीय संसदको प्रतिनिधिसभाबाट आज निशान छापमा समेटिएको नक्सा नेपालको नक्सा अनुसार परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव पारित हुँदैछ ।संविधान संशोधन प्रस्ताव खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराएको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने तयारी भएको हो।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गरेकी थिइन्।मुलुकको राष्टियता, सार्वभौमसत्ता, स्वाधीनता तथा संसद नियमावलीविपरित गिरीले प्रस्ताव राखेको भन्दै उक्त प्रस्ताव संसदको छलफलमा नलगिने संसदको उच्च स्रोतले जानकारी दिएको छ। जनताको सार्वभौमसत्ता र राजकीयसत्ताको उच्च तहमा राष्टि«यताविरुद्धको प्रस्ताव रेकर्ड राख्न नहुनेमा सबै दल एकमत भएका छन्।