• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा सरिता गिरीलाई कारवाही गर्ने मत बलियो, संसदीय दल बस्दै

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७७, शनिबार ११:१०
  • २५४५

    वीरगंज | पार्टी निर्णय अवज्ञा गर्दै संविधान संसाेधन विधेयकविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएपछि विवादित बनेकी जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई कारवाही गर्नुपर्ने मत पार्टीभित्र बलियाे बनेकाे छ।   तत्कालीन समाजवादी पार्टीकाे संसदीय दलकी उपनेतासमेत रहेकी गिरीले पार्टीभित्र छलफल नै नगरी आफूखुसी राष्ट्रिय मुद्दा बनेको सरकारी विधेयकविरुद्ध संशोधन हालेपछि फिर्ता लिन भनिएको थियो।

    तर उनी आफूले हालेको संशोधनको सूचना फिर्ता लिने पक्षमा छैनन्। जसका कारण तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर बनेकाे जनता समाजवादीका लगभग सबैजसाे नेता तथा सांसद उनलाई कारवाही गर्नुपर्ने पक्षमा देखिएका छन्। स्रोतका अनुसार तत्कालीन समाजवादीभित्रका नेताहरु गिरीलाई कारवाही गर्ने नगर्ने बिषयमा दुई खेमामा बाँडिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनतामा आँच पुर्‍याउने काम दण्डनीय हुने भन्दै गिरीलाई कारवाही गर्नुपर्ने पक्ष छन्।

    नवगठित जनता समाजवादीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव भने कारवाही नगर्ने पक्षमा रहेको स्रोतको दाबी छ। उपेन्द्र यादवसँगकाे निकटताकै कारण गिरीले तत्कालीन समाजवादी पार्टी संसदीय दलकाे उपनेताको जिम्मेवारी पाएकी हुन्।   तर यादवनिकट नेता डा.शिवजी राय यादवले भने सांसद गिरीले संशोधनकाे सूचना फिर्ता नलिए कुनै पनि हालतमा पार्टीले कारवाही गर्ने बताउँछन्। ‘सबैभन्दा पहिला उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर उपेन्द्रजीले पनि भनेकै हो। ‘अब पार्टीभित्र बाबुरामजी र उपेन्द्रजी मात्रै होइन, महन्थजी पनि हुनुहुन्छ।

    अहिले यो निर्णयमा महन्थजीको हात नहुन सक्छ, किनकी जसपाको हैसियतमा नभई उहाँ समाजवादी पार्टीको हैसियतमा मात्र सांसद हुनुहुन्छ, समाजवादीको अध्यक्षता गरेकोले उपेन्द्रजीले यो जिम्मा लिनुपर्ने हुन्छ’, उनले भने, ‘त्यसैले मलाई लाग्दैन की, उपेन्द्रजी यस्तो गल्ती गर्नुहुन्छ, उहाँले कारवाही गर्न नचाहेको भन्‍ने कुरामा सत्यता नहोला।’  यादवले गिरी गल्ती सच्याउन तयार नभए कारवाही गरिजानुपर्ने बताए। ‘दलको खोल ओढेर त्यस्तो कार्य गर्दा पनि गल्ती सच्याउँदिन भन्‍नुहुन्छ भने दलले तुरुन्तै कारवाही गर्नुपर्ने हुन्छ, गर्छ,’ उनले भने।

    यादवका अनुसार अहिले ११ बजेपछि बस्‍ने जनता समाजवादी पार्टीकाे संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ। पार्टी पदाधिकारी बैठकले संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेपनि सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन नमानेपछि संसदीय दलको बैठक बोलाइएको हो। ‘संविधान संशाेधन विधेयकमा आज मतदान छ, विभिन्‍न बहाना बनाएर राष्ट्रको हकमा कुनैपनि दल र सांसदले विपक्षमा वा सरीता गिरीको पक्षमा मतदान गर्न सक्दैनन्’, उनले भने, ‘संसदीय दलले उहाँलाई संशोधन फिर्ता लिन निर्देशन दिन्छ।

    नलिए सांसदबाट निष्कासन गर्ने निर्णय गर्छ।’  सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनूसुचीमा राख्‍नका लागि पेश गरेको संशोधन विधेयक प्रतिनीधिसभाबाट आज पारित गर्ने तयारी छ। सरकारको उक्त विधेयकविरुद्ध समाजवादीकी सांसद गिरीले गत बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन्। त्यसलगत्तै उनलाई पार्टीले लिखित रुपमै संशोधनको सूचना फिर्ता लिन निर्देशन दिँदै कारवाही गर्ने बताएको थियो। तर सांसद गिरीले अहिलेसम्म उक्त संशोधनको सूचना फिर्ता लिएकी छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑