• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७७, शनिबार ०९:०८
  • ३७६५

    कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ। लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्।  नयाँ संक्रमित भेटिएपछि चीनमा फेरि बजार बन्द  चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ।  कोरोना महामारी पूर्णतः नियन्त्रणमा आएको भनिएपनि बेइजिङमा दुई जना नयाँ संक्रमित भेटिएका हुन्। यी मानिसहरुमा कसरी संक्रमण भयो भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन।

    संक्रमणका नयाँ मामिला भेटिएपछि बेइजिङ प्रशासनले प्राथमिक विद्यालयहरु खोल्न हतार नगरिने जनाएको छ।  दक्षिण कोरियामा पनि नयाँ संक्रमित भेटिए कोरोना संक्रमित थप मानिसहरु भेटिएपछि दक्षिण कोरियाले गहन रोकथाम र स्वच्छताको कामलाई फेरि तीव्रता दिएको छ।  त्यहाँको सरकारले प्रतिदिन १० भन्दा कम संक्रमित फेला नपरेसम्म यो काम जारी राख्ने बताएको छ। हालै राजधानी सोउल लगायत कैयौं स्थानहरुमा हालै नयाँ संक्रमितहरु भेटिएका छन्।  अमेरिकाका कैयौं क्षेत्रमा फेरि संक्रमण लहर  जारी महामारीबाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोरेको अमेरिकाका कैयौं राज्यहरुमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। अस्पतालका शय्याहरु खचाखच भरिएका छन्।  टेक्सस र एरिजोनामा निकै तेज गतिमा संक्रमण फैलिएको छ।

    अस्पतालहरुमा कोरोना संक्रमितको भीड लागेको छ।  संक्रमित बढिरहे फेरि लकडाउन  कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण विश्वका अधिकांश मुलुकको अर्थव्यवस्थामा निकै खराब असर परेको छ। अवस्था थप खराब हुन नदिन कैयौं देशहरु लकडाउन हटाउन चाहन्छन्।  युरोपेली संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याडिकसले भनेका छन्, ‘संघअन्तर्गतका २७ सदस्य मुलुकहरुमा आग्रह छ, विद्यालय र व्यवसाय फेरि खोल्नुअघि व्यापक परीक्षण गरियोस्। आवश्यक परे लकडाउनमा गरिएको खुकुलोपन फेरि फिर्ता लिनुपर्ने हुनसक्छ।’ संक्रमित संख्यामा भारतले बेलायतलाई उछिन्यो हालै लकडाउन खुला गरेको भारतले संक्रमितको संख्यामा बेलायतलाई पछि पारेको छ।

    त्यहाँ संक्रमित संख्या दुई लाख ९७ हजार ५३५ पुगेको छ। बेलायतमा हालसम्म दुई लाख ९४ हजार ४०२ जना संक्रमित भेटिएका छन्।  भारत धेरै संक्रमित रहेको विश्वको चौथो मुलुक बनेको छ। अब अमेरिका, ब्राजिल र रसियामा मात्र भारतमा भन्दा धेरै संक्रमित छन्।  भारतले ८ जुनदेखि बजार र धार्मिक स्थल खुला गरेको थियो। यसपश्चात देशभर कोरोना संक्रमितको संख्या झनै बढिरहेको छ। विज्ञहरुले भारत कोरोना महामारीको चरमसीमामा पुग्न बाँकी नै रहेको बताएका छन्।  लकडाउन खोल्नुअघि ८ जुनमा भारत कोरोनाबाट बढी प्रभावित देशको पाँचौं नम्बरमा थियो। तर १२ जुनमा बेलायतलाई पछि पार्दै भारत यो सूचीको चौथो नम्बरमा उक्लिएको छ।  विश्वभर ७६ लाखभन्दा धेरै संक्रमित, चार लाख २५ हजारभन्दा धेरैको मृत्यु यो सामग्री तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ७६ लाख २८ हजार ६८७ पुगेको छ।

    चार लाख २५ हजार ३१३ जनाले ज्यान गुमाएका छन्।  कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै छ। त्यहाँ २० लाख ४६ हजार ६४६ जना संक्रमित भेटिएका छन्। भेटिएका संक्रमितमध्ये एक लाख १४ हजार ६४३ जनाको ज्यान गइसकेको छ।  अमेरिकापछि ब्राजिलमा कोरोना महामारीको उच्च प्रकोप देखिएको छ। त्यहा आठ लाख २८ हजार ८१० जना संक्रमित फेला परेका छन्। ४१ हजार ८२८ जना संक्रमितको ज्यान गएको छ।  ‘चिन्ता थप बढ्यो’ : डब्ल्यूएचओ नियन्त्रणमा आएजस्तो देखिएपनि नयाँ संक्रमितहरु भेटिन थालेपछि फेरि चिन्ता बढ्न थालेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। संगठनमा कार्यकारी निर्देशन डा. माइकल रायनले भनेका छन्, ‘विश्वका कैयौं देश अहिले महामारीको पहिलो लहरसँग जुधिरहेका छन्, युरोपका केही देश, दक्षिण पूर्वी एसिया र उत्तर अमेरिकामा कोरोनाको चरमसीमा देखिएको छ।

    ‘ केही देशहरुले लकडाउन लगाएर कोरोनाको बढ्दो मामिला नियन्त्रण गरेपनि केही देशमा नयाँ संक्रमित फेला परेकाले त्यहाँ कोरोनाको दोस्रो लहर देखिएको डब्ल्यूएचओले जनाएको छ। यसको अर्थ यी देशहरुमा महामारी समस्या पूर्ण रुपमा समाप्त नभएको भन्ने हो।  निर्देशक रायनले भनेका छन्, ‘लकडाउनमा गरिएको खुकुलोपना र मानिसहरुबीचको सम्पर्कले यस्तो अवस्था निम्तिएको हुनसक्छ, भौतिक दूरीको पालना गरिएको छैन, संक्रमित संख्या बढ्न नदिन मानिसहरुलाई एक अर्कोसँग अलग्याउन जरुरी छ र व्यापक परीक्षण गर्नुपर्छ।’  कोरोना महामारीविरुद्धको लडाईँ अझै अन्त्य नभएको जनाउँदै रायनले भाइरसको प्रकोप फेरि उल्टिने खतरा रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑