बुटवल | कोरोना नियन्त्रण र परीक्षणमा सरकार उदासिन भएको भन्दै बुटवलमा प्रदर्शन गरिएको छ। कोरोनाको पिसिआर परीक्षण र खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै नागरिकहरु स्वतः स्फुर्त सडकमा उत्रिएका हुन्।कोरोना संक्रमण बढ्न सक्ने जोखिमलाई नजरअन्दाज गर्दै युवाहरुले बुटवल बजार परिक्रमा गरेका थिए। उनीहरुले सत प्रतिशत पिसिआर परीक्षण, कोरोना रोकथाममा भएको खर्चको विवरण सार्वजनिक, क्वारेन्टाइनको सही व्यवस्थापनको माग गरेका प्लेकार्ड बोकेका थिए।
सोही प्रदर्शनमा केही दलमा आवद्ध भएका नेताहरुले भाषणवाजी गरेका थिए। प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय गान गाएका थिए। मुख्यमन्त्री कार्यालय परिसर जान खोजेका उनीहरुलाई प्रहरीले रोकेको थियो। ‘कोरोनाको पिसिआर परीक्षण गर्नुपर्छ। सरकारले गरेको खर्च सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो माग हो’ प्रदर्शनमा रहेकी बुटवलकी समिक्षा क्षेत्रीले भनिन्।ANNAPURNAPOST