• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी पोर्टलमा पुरानै नक्सा

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७७, शनिबार ०८:५५
  • ५२०१

    काठमाडौं | नेपाल सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा राखिएको छ। नेपाल सरकारले नयाँ नक्सा जारी गरेको महिना दिन हुन लाग्दा पनि आधिकारिक पोर्टलमा लिम्पियाधुरासहित नक्सा राखिएको छैन।आधिकारिक पोर्टलमा प्रवेश गर्दा सबैभन्दा पहिले नक्सा नै आउँछ। त्यहाँ पुरानै नक्सा स्पष्ट देख्न सकिन्छ। पुरानो कालापानी र लिपुलेकसम्म मात्रै समेटिएको नक्सा पोर्टलमा छ।नेपालका ७ प्रदेश, सात सय ५३ स्थानीय तहका साथै देशको इतिहास, भूगोल, भाषा, जनता, ठाउँलगायत सबै जानकारी प्राप्त गर्ने माध्यम नै आधिकारिक पोर्टल हो। देशको सबै जानकारी हुने पोर्टलमा नेपालको नक्सा नै गलत राख्नु गैरजिम्मेवारीपन भएको जानकारहरू बताउँछन्।

    मन्त्रिपरिषद्ले जेठ ५ गते निर्णय गरेर ७ गते लिम्पियाधुरासहित नक्सा जारी गरेको थियो। नक्सा राजपत्रमा प्रकाशन भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै मन्त्रालयमा नयाँ नक्सा प्रयोगका लागि परिपत्र गरेको थियो।मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले राजपत्रमा प्रकाशन हुनेबित्तिकै नयाँ नक्सा प्रयोग गर्न सबै मन्त्रालय, संवैधानिक निकाय, सरकारी कार्यालयमा परिपत्र गरेको जानकारी दिए। ‘जेठ ५ मा राजपत्रमा प्रकाशन भयो, हामीले तत्कालै नयाँ नक्सा प्रयोग गर्न सबै सरकारी निकायमा परिपत्र गरेका हौं,’ उनले भने।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेश, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सबै स्थानीय निकायमा नयाँ नक्सा प्रयोग गर्न परिपत्र गरिएको छ। परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोग, विदेशस्थित नेपाली राजदूतावासमा पत्राचार भइरहेको छ। सरकारले नक्सा जारी गरिसकेकाले अब सबैले लिम्पियाधुरासहितको नयाँ नक्सा अनिवार्य रूपमा प्रयोग गर्ने जोशीले बताए। नापी विभागले पनि नयाँ नक्सा प्रयोग गर्न सबैलाई आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। तर, सरकारकै जिम्मेवार निकायमा अझै गलत नक्सा प्रयोग गरिरहेका छन्।

    संविधान संशोधनपछि मन्त्री, सांसदको लोगो, लेटर प्याड, छाप, साइनबोर्ड, वेबसाइटमा निसान छाप परिवर्तन गर्नुपर्ने भूमि सहसचिव जोशीले बताए। लिम्पियाधुरासहित नक्सा संविधानको निसान छापमा राख्ने प्रस्ताव संसद्मा छ। सिंगो संसद् प्रस्तावको पक्षमा उभिएको छ। प्रक्रियागत रूपमा मात्रै पारित हुन बाँकी छ।विश्वविद्यालय, विद्यालयका पाठ्य सामग्रीमा अनिवार्य रूपमा नयाँ नक्सा राखेर मात्रै प्रकाशन गरी वितरण गर्नुपर्ने उनले बताए। ‘पुस्तकलगायत शैक्षिक सामग्रीमा नयाँ राखेर मात्रै प्रकाशन गरी वितरण गर्नुपर्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑