• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    १० अर्ब हिसाब खोज्‍नेलाई मुख्यमन्त्री पाेखरेलकाे यस्तो जवाफ

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७७, शुक्रबार २०:४६
  • २४४९

    बुटवल | केही दिन अगाडि काठमाडौंदेखि सुरु भएको युवाहरुको सरकारविराेधी प्रदर्शन पोखरा, चितवन हुँदै शुक्रबार बुटवलमा पनि भयो। चर्को गर्मी र कडा सुरक्षासँग जुझ्दै युवाहरु सडकमा आएर कोरोना महामारी न्यूनीकरणमा सरकारले उदासिनता देखाएको भन्दै प्रदर्शन गरेका थिए। युवाहरु सरकारले काेरोना संक्रमणको महामारीलाई व्यवस्थापन गर्न चालेका कदमहरुप्रति असन्तुष्ट देखिएका थिए।  सानो दायराको पिसिआर परीक्षण र अवैज्ञानिक ठहरिएको आरडिटी परीक्षणमा मात्रै युवाहरुको असन्तुष्टि झल्किएको थिएन।

    उनीहरुले तातो सडकमा उभिएर सरकारले कोरोना महामारीमा खर्च गरेको भनिएको १० अर्ब रुपैंयाको हिसाब पनि मागिरहेका थिए। शुक्रबार दिउँसो प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलको जेसिज चोकमा उँचो आवाजमा नारा गुन्जिरह्यो ‘१० अर्ब खोई ?’ महामारीका समयमा सामाजिक दूरी पालना नगरी सडकमा नै उत्रेर सरकारविरोधी नारा घन्काउने शैली प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई भने निको लागेको छैन। शुक्रबार साँझ सटीक प्रतिक्रिया दिँदै उनले फेसबुकमा लेखेका छन्–‘प्रदेश ५ मा प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्नु होला।

    सडकमा जानु पर्दैन, कुरा सुनिन्छ।’ लकडाउन अवधिभर सामाजिक सञ्जालमा सक्रिय रहेका मुख्यमन्त्रीले आफ्ना असन्तुष्टिहरुलाई सामाजिक सञ्जालमार्फत् यसरी नै पोख्ने गरेका छन्। शुक्रबार एक अर्को फेसबुक स्टाटसमार्फत बुटवलमा प्रदर्शनकारीले मागेको ‘दश अर्बको हिसाब’मा केन्द्रित भएर लामो प्रतिक्रिया दिए। उनका अनुसार सरकारले कोरोना महामारीको व्यवस्थापनमा जति खर्च गरेको छ त्यो संकटको आकारको तुलनामा निकै कम हो। बरु महामारीमा भएको खर्चका बारेमा प्रश्न उठाउने पंक्ति फराकिलो हुँदै गर्दा परीक्षण र उपचारमा जटिलता पैदा गरेको उनको तर्क छ।

    उनले महामारीमा खर्च गर्ने निकाय जिम्मेवार बन्नुपर्ने र हिसाब खोज्नेहरु निकायहरुले धैर्य गर्नुपर्ने धारणा राखेका छन्।  ‘खर्च पारदर्शी र विधिसम्मत हुनुपर्दछ। त्यसका कुनै छुट हुन सक्तैन। संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन। त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भूमिकामा रहेकाहरुले धैर्य गर्ने समय हो यो।’ मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्।  मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को परीक्षण र उपचारमा खर्च हुने समय बल्ल सुरु हुँदै गरेकाले अहिले अनुमान गरिएको खर्चको आकार अझै बढ्न सक्ने  बताए।

    त्यसैले खर्चको पारदर्शिताका नाममा सडकबाट उठाइएका मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको उनको जिकिर छ। मुख्यमन्त्री पोखरेलले सरकारले गरेको खर्चमा अविश्वास गर्नेहरुले नै पिसिआर परीक्षणको दायरा बढाउन माग गर्नु विरोधाभासपूर्ण देख्छन्। एक घर एक पिसिआर परीक्षणको माग खर्चको व्यवस्थापन र प्राविधिक जनशक्ति तथा सामर्थ्यका हिसाबले पनि अव्यवहारिक र असम्भव रहेको उनको तर्क छ। त्यसैले सरकारको विरोध गर्नभन्दा सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्न सक्नु पर्ने उनी तर्क गर्छन्। ‘हामीभन्दा शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामीले गरेजस्तो पनि गर्न किन सकिरहेका छैनन् ? नचाहेर वा गैरजिम्मेवार भएर त होइनहोला। त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन। सबै जिम्मेवार भएर कोरोनाविरुद्ध मिलेर संघर्ष गर्ने समय हो,’उनले लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑