• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्थरीवाट बच्न के खाने के नखाने ?

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७७, शुक्रबार ११:१९
  • १३६७७

    । मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ । यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र दोहोरिने सम्भावना रहन्छ । हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको समस्या चुनौती बनिरहेको छ ।

    मुत्र प्रणाली सम्बन्धी पत्थरी २० वर्षभन्दा कम उमेरकालाई कमै मात्र हुन्छ। साधारणतया ४० देखि ६० वर्ष उमेरका मानिसमा मुत्र प्रणाली सम्बन्धी समस्या बढी देखिन्छ । पुरुषको पिसाबनली लामो हुने कारणले महिलामा भन्दा पुरुषमा यो समस्या दुईदेखि तीन गुणा बढी हुन्छ । मुत्र प्रणालीमा हुने पत्थरीको समस्या पित्त थैलीको पत्थरीभन्दा फरक हुनुका साथै उपचार पद्धति पनि फरक हुन्छ ।

    किन हुन्छ पत्थरी ?

    मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो । यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ । पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन । कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ ।पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ ।

    तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ । कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ । युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ ।पत्थरी अव्यवस्थित खानपान र जीवनशैलीको कारणले गर्दा लाग्ने रोग हो । पत्थरीबाट बच्नको लागी के खाने के नखाने भन्ने बारेमा जानकारी लिनुपर्दछ । पत्थरी बढ्दै गएमा औषधी वा शल्यक्रिया गर्नुको अन्य उपाय छैन ।पत्थरीबाट बच्नको लागी सदैव नियमित रुपमा समयमानै स्वस्थकर र व्यवस्थित खानपान गर्नुपर्दछ । मिगौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एक समस्या हो । यदि कसैलाई पत्थरी भएको छ भने यस्ता खानेकुरा खानुपर्दछ ।

    पत्थरी भएको कसरी थाहा हुन्छ ?

    कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ । जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन् । पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन् ।लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ । पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ । पत्थरी भएकाहरू यि कुरा खादाँ फाइदा हुन्छ ।

    १. पानी

    यदि कसैलाई पत्थरी भएको छ भने पहिलेको तुलनामा बढीनै पानी पिउने गर्नुपर्दछ । बढि पानी पिउँदा पिसाबको मात्रा बढेर मिगौंलामा भएको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्दछ ।

    २. नरिवलको पानी

    पत्थरी भएकाको लागी नरिवलको पानी एक उत्तम औषधी हो । नरिवलको पानीमा प्रशस्त मात्रामा प्राकृतिक पोटासियम पाइन्छ । पोटासियमले पत्थर बन्नको लागी रोक्ने र बढ्न नदिने औषधी रुपमा काम गर्दछ ।

    ३. हरियो मकै चिया

    हरियो मकैलाई चिया बनाएर पिइएको खासै पाइएको छैन् । किनकि यसको फाइदाको बारेमा कमै मात्र मानिसलाई थाहा छ । हरियो मकैमा प्रोटिन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । मकैको चिया बनाएर सेवन गर्दा टाटेट्स नामको तत्व पाइने कारणले गर्दा यसले पत्थरी बन्ने प्रक्रियालाई रोकेर मिगौलाको इन्फेक्सन कम गर्दछ ।

    ३. जौं

    जौलाई धेरैले सेवन गर्नको लागी झन्झट मान्ने गर्दछन् । झन् जौको माड बनाएर त कसैले खाएको तपाईले देख्नुभएको छैन् होला । जौको माड बनाएर खानाले मिगौला सम्बन्धीत समस्या समाधान भई मुत्र प्रवाहलाई बढाएर मिगौला र मुत्रमार्गको संक्रमणबाट पनि बचाउँछ ।

    ४. भुइँकटर

    प्राय सबैजसोलाई भुइकटर मनपर्दछ । भुइकटरको जुसले पनि पत्थरीको बिरामीलाई फाइदा गर्दछ । भुइकटरको जुस बनाएर सेवन गर्नाले पत्थरीलाई गाल्ने इन्जाइम फाइब्रिनलाई तोड्दछ ।

    ५.केरा

    केरा पनि पत्थरीको बिरामीलाई फाइदा गर्ने फल हो । केराको सेवनले अक्जलिक एसिडलाई तोडि आक्जेलेट किस्टल बन्नबाट बचाउँछ ।

    ६.बदाम

    जाडोमा धेरेले बदामको सेवन गर्ने गर्दछन् । बदामले न्यायो मात्र नभएर मिगौलाको पत्थरको पिडितलाई पनि फाइदा गर्दछ । बदाममा प्रशस्त भिटामिन र पोटासियमका पाइने कारणले पत्थरी बन्नको लागी रोक्दछ ।

    ७.कागती

    कागतीका धेरै फाइदा रहेको छ । कागती सुन्दरताको लागी मात्र नभएर सरसफाइ र स्वस्थको लागी पनि उत्तिकै रहेको छ । कागती भिटामिन ‘सी’अधिक मात्रामा पाइन्छ । यसले अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।

    ८.गहतको झोल

    पछिल्लो समयमा धेरैलाई गहतको झोल के हो भन्ने बारेमा जानकारी छैन् । यसलाई पत्थरीको एकदमै राम्रो औषधीको रुपमा लिइन्छ । यसको झोल खानाले पत्थरीलाई गलाउने काम गरी बाहिर निकाल्दछ ।

    ९. गाजर

    गाजरलाई धेरेले मनपराएर सेवन गर्न गर्दछन् । गाजरमा पायरोफा स्फेट र वनस्पतिय अम्ल पाइन्छ । गाजरमा किरोटिन पदार्थले मुत्र नलिमा हुने घाउँलाई पनि निको पार्न सघाउँछ ।

    पत्थरी भएका बिरामीले के नखाने त ?

    १. पालुंगोको साग, गोलभेडा सेवन नगर्ने । फलफुलमा अमला, कालो अगुर काक्रोबाट टाढै रहने । यस्तो फलफुलमा अक्जलेटको मात्रा बढि हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ ।

    २. फूलगोभी, भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानुपर्दन् यसमा युरिक एसिड बनाउने प्युरिन,न्युक्लयोटाइडको मात्रा प्रसस्त हुन्छ र किस्टल बनाई पत्थरीको समस्या उत्पन्न गराउँछ ।

    पत्थरी हुनुका प्रमुख कारणहरु

    मृगौलाको पत्थरीको बिमारी एक आम समस्या बनेको छ । पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ । महिलाहरुमा भन्दा तीन गुणा बढी पुरुषमा पत्थरी हुन्छ । पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ ।

    पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ ।

    जब कुनै खानपानले पिसाब गाढा बन्छ तब गाढा पिसाबले पत्थरी बन्न सुरु हुन्छ । गाढा पिसाबले विस्तारै विस्तारै गरेर केहि दिनमै पत्थरीको रुप लिन्छ । आज हामी पत्थरीको घरेलु उपचार विधि बताउन गइरहेका छौँ । जुन एकदम प्रभावकारी र जस्तो सुकै पुरानो पत्थरीलाई पनि सजिलै निकाल्न मद्धत गर्दछ ।

    पत्थरीको घरेलु उपचार विधि

    १. चाहिने चीज : कागतीको रस र ओलिव ओइल

    बनाउने विधि : कागतीको रस (६० मिलिलिटर) र ६० मिलिलिटर ओलिव ओइल मिसाउने । मिक्स गरिसकेपछि यसलाई पिउने । यसको लगातार सेवनले केहि दिनमै पत्थरीलाई हटाउँछ। कागतीको रस र ओलिव ओइल हाम्रो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक र लाभदायी सामग्री हुन्।

    २. चाहिने चीज : प्याज, प्याजमा पत्थरीलाई नाश गर्ने तत्व हुन्छ ।

    बनाउने विधि : एउटा प्याजलाई सानो सानो टुक्रामा काटेर पिस्ने । प्याज पिसेर पेस्ट बनिसकेपछी एक सुतीको कपडा अथवा छान्ने प्रयोग गरेर पेस्टबाट रस निकाल्ने । यो रसलाई बिहान खाली पेटमा पिउने। यसरी प्याजको रस नियमित रुपमा पिउनले पत्थरीलाई सानो सानो टुक्रामा निकाली केहि दिनमै पूर्ण रुपमा हटाउँछ।

    ३. चाहिने चीज : ज्वानो, नियमित रुपमा ज्वानोको चिया पिउनले पत्थरी निर्मुल पार्न सकिन्छ ।

    बनाउने विधि : करिब एक गिलास पानीमा १० देखि १५ ग्राम ज्वानो राखेर १०-१५ मिनेट सम्म उमाल्ने । उमालि सकेपछी पानीलाई मन तातो चिसो हुन दिनुहोस् । पानी चिसो भए पछी यसमा एउटा कागतीको रस मिसाएर पिउनुहोस् ।

    तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑