वीरगंज। सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोड विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ ।तर, विजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिएका छन् । यसरी विजोर नम्बरका सवारीसाधन चलाउने कारबाहीमा परेको छन । प्रहरीका अनुसार पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर पनि विजोर नम्बरका गाडी लिएर निस्किएका छन् । उनीहरुको सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्ड गराएको छ ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवाडले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर जोड विजोडको नीति लागु गरिएको बताएका थिए ।त्यसअनुसार ट्राफिकले जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने गरी नियम बनाएको छ ।एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन ।