वीरगंज | गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।
पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १, पूर्वीनवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।संक्रमितहरु सबै पुरुष हुन् ।