पर्साको पकाहा मैनपुरमा सडक निर्माणको विषयमा विवाद हुँदा ७ जना घाइते
वीरगंज संजाल
२९ जेष्ठ २०७७, बिहीबार २०:३१
९२०५
वीरगंज | पर्साको पकाहा मैनपुर गाउँपालिका ४ खेस्राहामा दुइपक्षबीच भएको झडपमा ७ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाकोअवस्था गम्भीर रहेको छ ।
घाइते ६ जनाको वीरगंजमा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
खेस्राहा गाउँमा रहेको बाटो निर्माणकोविषयमा गएको केही समयदेखि रहेको विवाद मिलाउन आज बैठक बसेको र बैठकमा कुटाकुट भएको हो ।
बैठकमा सहभागिमध्ये नेपाली कांग्रेस पक्षका हरि चौहान नेतृत्वमा रहेको समूहले एक्कासी कुटपिट गर्दा ७ जना घाइते भएको गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले बताउनुभयो ।
झडपमा रामअवध बैठा, रामसागर बैठा, बसन्त बैठा, रामलखन बैठा, कन्हाई साह र सुमित्री कुमारी घाइते भएको पनि उहाँले बताउनुभयो ।
अर्का घाइते रामप्रवेश बैठालाई भने रीलेनियन्त्रणमा लिएर राखेको पनि गाउँपालिका अध्यक्ष चौरसियाले जानकारी दिनुभयो ।
बाटो निर्माणको विषयमा नेपाली कांग्रेसकाहरि चौहान पक्षधरले विवाद निकाल्दै आएको थियो ।
अमिरका राउत कुर्मी, सुनिलचौहान, शिवप्रसाद चौहान, हरिन्द्र चौहान, अमरेश यादव लगायत रहेको झडपमा संलग्नरहेको बताइएको छ ।
बैठक स्थलमा प्रहरी रहेको भए पनि कुटपिटबाटमान्छे गम्भीर घाइते हुँदासम्म पनि प्रहरीले कुनै सुरक्षा प्रदान नगरेको गाउँपालिकाअध्यक्ष चौरसियाले बताउनुभयो ।
यसैबीच एलएस न्यूरोमा उपचाररत घाइतेलाई भेट्दै पर्सा क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । साथै उहाँले घाइतेको उपचारमा कुनै कमी आउन नदिने पनि बताउनुभएको छ ।