• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनता समाजवादीले सरिता गिरीलाई दियो कारवाहीको चेतावनी

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७७, बुधबार १८:५३
  • २६२९

    काठमाडौं | भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध संशोधनको सूचना दर्ता गराएकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही चेतावनी दिएको छ।

    जनता समाजवादी पार्टी संघीय संसदीय दलका प्रमुख सचेत उमाशंक अरगरियाले संसद सचिवालयमा दर्ता गरिएको संशोधनको सूचना तत्काल फिर्ता लिन निर्देशन दिएका हुन्।

    पार्टीसँग सल्लाह नलिइ, संसदीय दलको निर्देशनबिना संशोधन दर्ता गराएको जनाउँदै जनता समाजवादीका प्रमुख सचेतक अरगरियाले गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्।

    नयाँ नक्साविरुद्ध सरिता गिरी, दर्ता गराइन् संशोधनको सूचना जनता समाजवादी पार्टीले यसअघि नै संविधान संशोधन प्रस्तावको समर्थन गरिसकेको छ। अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए गिरीमाथि कारबाही चेतावनी दिएका छन् ।

    नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्‍नुपर्ने तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको विवादित अभिव्यक्ति संसदमै दिँदै आएकी गिरिले बुधबार संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी थिइन्।

    उनले संसद सचिवालयमा दर्ता गराएको संशोधनको सूचनामा स्रोत र प्रमाणबिना नेपालको नयाँ नक्सा जारी भएको जिकिर गरेकी थिइन्। गिरिले निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक खारेज गर्न मागसहित संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएपछि जनता समाजवादीमै त्यसको विरोध भएको हो।

    संशोधन विधेयकमा मंगलबार भएको छलफलमा पनि जनता समाजवादीका सांसद लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गर्दै नक्सा संशोधनसम्बन्धी विधेयकमा दलको पूर्ण समर्थन रहेको बताएका थिए।

    बाबुरामले कारवाही गरेका थिए जसपाका नेताहरुले गिरीको संशोधन दर्तालाई व्यक्तिगत भनेर टिप्पणी गरेका छन्। जसपाका युवा नेता विश्‍वदीप पाण्डेले गिरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

    ‘डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा आर्थिक अनियमितताको आरोपमा सरिता गिरीलाई मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो। देश हितविपरीत र पार्टीनिर्णयविपरीत जथाभावी काम

    गर्दै हिँड्ने यिनलाई प्रम, संसद र जसपाले कारबाही गर्ने बेला भएन र?’, उनले भनेका छन्, ‘अब बहस होइन, ढिलो नगरी जसपाले गिरीलाई कारबाही गर्छ, गर्नुपर्छ।’ गिरीले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको बताउँदै लिम्पियाधुरा चिन्दिन भन्‍ने आपत्तिजनक अभिव्यक्ति संसदमै दिएकी थिइन्।

    तर विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफल नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑