• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    योगी आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ : नेपाललाई हेपेर धम्क्याउन नखोज्‍नू

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७७, बुधबार १५:५६
  • २५९७

    वीरगंज  | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबारेमा जथाभावी टिप्पणी नगर्न भारतीय नेताहरुलाई आग्रह गरेका छन्। बुधबार विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गत बुधबार गरेको टिप्पणीलाई निन्दनीय भनेका छन्।

    योगीले भविष्यको परिणाम सम्झिएर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएको सन्दर्भमा ओलीले यस्तो जवाफ दिएका हुन्। ‘योगी आदित्यनाथले नेपालबारे बोल्नु भयो भन्ने कुरा मैले पनि सुनेँ।

    यदि उहाँले नेपालबारे त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन’, उनले भने, ‘त्यसरी नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित होइन।’ उनले योगीको भूमिका भारतको केन्द्र सरकारमा नभए पनि उनले मुख्यमन्त्रीका रुपमा गरेको टिप्पणी निन्दनीय भएको बताए।

    ‘केन्द्रीय सरकारमा नभए पनि मुख्यमन्त्रीको हिसाबमा बोलेको हो भने आलोचित विषय हो’, उनले भने, ‘त्यो निन्दनीय विषय हो। नेपालमाथिको अपहेलनाकारुपमा बुझ्छौँ। नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन,  योगीजीलाई स्मरण रहोस्।

    ’ के भनेका थिए योगीले  उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक साताअघि भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका थिए।

    आदित्यनाथले गत बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे सोचेर निर्णय गर्नुपर्ने बताएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट योगीबाट आएको नकारात्मक टिप्पणीको नेपालमा चर्को आलोचना भएको थियो।

    ‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नु हुँदैन,’ आदित्यनाथले भनेका थिए।

    नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष पनि छन्।  महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ ।

    आदित्यनाथले नेपाललाई भनेका थिए, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।

    ’ आदित्यनाथले नेपालको तिब्बतीकरणको भय देखाएर नेपाललाई तर्साउन खोजेका थिए। तिब्बत चीनमा मिसिएझैँ भारतले नेपाललाई लिने धम्कीसहितको अभिव्यक्ति उनले दिएका थिए।

    भारतले २६ वैशाखमा नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक खोलेपछि नेपालले विरोध गरिसकेको छ। भारतका सेनाध्यक्षले गत २ जेठमा कसैको उक्साहटमा नेपालले विरोध गरेको आरोप लगाएका थिए। त्यसपछि नेपालले जेठ ७ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा निकालेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑