कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरु आन्दोलमा उत्रिएका छन् । चामल राम्रो नभएको, बस्ने ठाउँ व्यवस्थित नभएको र पीसीआर परीक्षणमा ढिलाइ गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
बुधबार दिउँसो उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखडमा सडक अवरुद्ध गरेका छन् । र्यापिड टेस्ट विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएका ६२ जना सडकमा उत्रिएका छन् ।