• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा चिनियाँ सेना : हल्ला कि सत्यता ?

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७७, बुधबार ०६:२८
  • ३२१७

    वीरगंज | प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले अप्रत्याशित सोधे– ‘चीनबाट चिकित्सकसँगै जनमुक्ती सेना ल्याउन लागिएको छ, होइन ?’

    उनले महामारी नियन्त्रणका नाममा चिनियाँ सेना ल्याउँदा नेपाल रणभूमि बन्नसक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमनत्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराए ।

    ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडिएको छ अब तराईका जिल्लामा सेना दौडियो भने हामी रणभूमि बन्नेछौं , मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ,’ उनले भने ।

    जवाफमा मन्त्री त्रिपाठीले सेना ल्याउने विषय अस्वीकार गरे । उनले चीनबाट चिकित्सक समेत नल्याउने बताए । नेपाली चिकित्सक र स्वास्थकर्मीप्रति विश्वास भएकाले कहिँ कतैबाट चिकित्सक ल्याउन जरुरी नरहेको उनको धारणा थियो ।

    कोरोना नियन्त्रणका लागि चिनियाँ जनमुक्ति सेनाको मेडिकल टोली ल्याउने विषयमा नेकपाभित्र छलफल चलेको समाचार ७ जुनमा भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ माप्रकाशित भएको थियो । त्यसपछि यस विषयले नेपालको संसदमा समेत प्रवेश पाएको हो ।

    नेकपाको  छलफलबारे जानकार निकट स्रोतको हवाला दिदैं पत्रकारद्व सुहासिनी हैदर र कल्लोल भट्टाचार्जीले यसबारे समाचार लेखेका छन् ।

    यसअघि पिएलएको मेडिकल टोलीले उहान तथा नजिकका क्षेत्रमा महामारी नियन्त्रणमा नेतृत्वदायी भूमिका खेलेको थियो, यसैबाट प्रेरित भएर उनीहरुलाई सहयोगका लागि नेपाल बोलाउन लागिएको समाचारमा उल्लेख छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय लियाजन विभागका प्रमुख सोङ ताओसँगको पछिल्लो भिडियो कलका दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल टोली ल्याउने विषयमा छलफल गरेको समाचारमा उल्लेख छ ।

    ‘नेपालले कोभीड–१९ संक्रमण फैलनबाट रोक्न जरुरी छ र परीक्षण तथा नियन्त्रणका लागि बिस्तारित अभियानको तत्काल आवश्यकता छ । देशभर परीक्षण गर्नुपर्ने अवस्था रहेका बेला अन्तत नेपालले कति संख्यामा स्वास्थकर्मी पाउँछ भन्ने स्पष्ट भइसकेको छैन, अहिलेको अनुमानअनुसार यस्तो अपरेशनमा केही कम्तिमा केही हजार कामदार आवश्यक पर्छन्,’ नेकपाको आन्तरिक छलफलबारे जानकार व्यक्तिको हवाला दिदै हिन्दूले लेखेको छ, ‘नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भातृत्वको सम्बन्ध रहिआएको छ ।’

    चिनियाँ टोली नेपालमा एक साता वा त्यसभन्दा बढी बस्नसक्ने विषय समाचारमा उल्लेख छ । ‘पिएलएले चीनका प्रभावित क्षेत्रमा गरेजस्तै बिस्तारित र तिव्र अपरेशन नेपालमा सञ्चालन गर्नेछ,’ स्रोतले भनेको छ ।

    चीनको कोभिड–१९ कुटनीति 
    चीनले कोभिड–१९ कुटनीतिमार्फत अहिले विश्वमा आफ्नो प्रभूत्व बिस्तार गरिरहेको छ । सुरुमा उहानमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभाव पारेपनि अहिले चीनमा महामारी नियन्त्रणमा आइसकेको छ र अन्य देशलाई सहयोग गर्ने अवस्थामा चीन पुगिसकेको छ ।

    बेइजिङले सोमबारमात्रै बंगलादेशमा १० जना जनस्वास्थ विज्ञ पठायो । चीनको राष्ट्रिय स्वास्थ नियोगबाट खटिएको यस टोली कोभिड–१९ प्रभावित क्षेत्रमा जानेछ । यसअघि श्रीलंका, म्यानमार र युरोपका कोभिड–१९ प्रभावित देशमा पनि चीनले सहयोग पठाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑