रौतहटको करेन्टाइनमा सात दिने योगा र मेडिटेशन कार्यक्रम सुरु ।
वीरगंज संजाल
२५ जेष्ठ २०७७, आईतवार २३:२६
४३२७
रौटहट।अनिल साह | चन्द्रपुर। करोना(कोभिड १९)का संक्रमितहरुको उपचारमा आयुर्वेद उपचार पद्धति उपयोगी देखिएकोले आयुर्वेद विभागको निर्देशिका अनुसार यसको सेवालाई प्रभावकारी बनाउनुपर्ने आम नागरिकको सुझाव आए पछि गुजरा नगरपालिका वडा ९ मा रहेको भवानिपुर उच्च मा.वी.आइसोलेशनमा १२४ जनाकरोना संक्रमितलाई जिल्ला आयूर्वेद स्वास्थकेन्द्र रौटहले आज देखि ७ सात दिने कार्य योजना बनाएको छ। करोना(कोभिड १९) नियन्त्रणको निमित
आयूर्वेदिक पद्धति / औषधि बाट रोग प्रतिधात्मक क्षमता (यूजिटी पावर) बडाउन च्याबनप्रास, गुजा कढा(हर्वल चिया) , अश्वगन्धा चुर्ण , वितरण गर्नुको साथै योग ध्यान मेरिटेसन गराउनुका साथै आयूर्वेद सम्बन्धी दिनचर्या , रात्रि चर्या ,आहार बिहार , सम्बन्धी विस्तृत जानकारी गराइने जिल्ला आयूर्वेद स्वास्थ केन्द्र रौटहटका कार्यालय प्रमुख शिवसंकर यादव बताएका छन।
कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको र “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ ।”
गुर्जो, असोगन्धा चूर्ण, लगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याउनु पर्नेमा जोड्दिनु पर्नेमा सम्पुर्णमा आग्रह गरेका हुन।